२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

युक्रेनलाई लिएर नरम बन्यो रुस, सबै युक्रेनीलाई नागरिकता दिने पुटिनको घोषणा

काठमाडौं । रुसले अब सबै युक्रेनीलाई देशको नागरिकता दिने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सबै नागरिकलाई रुसी नागरिकता दिने आदेशमा हस्ताक्षर गर्नुभएको हो ।

पुटिनले सबै युक्रेनी नागरिकहरूलाई रुसी नागरिकता लिनको लागि प्रक्रियागत आदेशमा हस्ताक्षर गर्नुभयो । यो आदेश रूसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको छ ।

यसअघि मे महिनामा पुटिनले दक्षिणी युक्रेनका केही भागका बासिन्दाहरूलाई रुसी नागरिकताको कार्यान्वयनलाई तीव्रता दिन आदेश जारी गर्नुभएको थियो । यसअघि यो सरलीकरण युक्रेनको डोनेट्स्क र लुहान्स्कका जनतालाई मात्रै नागरिकता दिने सन्दर्भमा लागू भएको थियो ।

डोनेट्स्क र लुहान्स्क मिलेर औद्योगिक डोनबास क्षेत्र बनाउँछन् । युक्रेन विरुद्ध युद्ध लड्नुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सम्पूर्ण लुहान्स्क र डोनेस्कलाई युक्रेनबाट स्वतन्त्र घोषणा गर्नुभएको थियो ।

२०७९ असार २८, मंगलवार प्रकाशित 0 Minutes 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार