२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

बल्ल खुल्यो पूर्वप्रधानमन्त्री आबेको हत्या रहस्य, एकदमै नजिकका नेताको संलग्नता

काठमाडौँ – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको मृत्यु भएको दुई दिन वितेको छ । यही दुई दिनमै आम निर्वाचन पनि सम्पन्न भएको छ । सम्पन्न निर्वाचनमा जापानको सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने प्रक्षेपण गरिएको छ ।

पूर्व प्रधानमन्त्रीको आबेको सत्ताधारी दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले चुनावमा हार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नजिकका नेताहरु हत्या योजना बनाएको खुलेको छ । एलडीपीका अध्यक्ष तथा प्रधानमन्त्री फुमिओ किशिदाले आफू सत्तामा टिकी राख्नका लागि योजना बनाएको गुप्तचर रिपोर्टमा उल्लेख छ ।

यो निर्वाचनले माथिल्लो सभाको एलडीपीले १२५ सिटमध्ये ६९ देखि ८३ सिटको बीचमा विजय हुने अनुमान राष्ट्रिय प्रसारक एनएचकेले आइतबार गरेको छ । यस पहिले उक्त गठबन्धनलाई प्राप्त सिटभन्दा बढी सङ्ख्या हो ।

उनको हत्या भएपछि पार्टीमा सहानुभुतिको भोट आउने र पाँच बर्ष सत्तामा टिकिराख्न सजिलो हुने भन्दै तेत्सुया यामागामीलाई ठूलो आर्थिक सहयोग गरेर प्रयोग गरेको बुझिएको छ । हत्याको अनुसन्धान गरिरहेको प्रहरीसँग वयानमा तेत्सुयाले पनि यस्तो संकेत गरेका छन् । आबेको हत्या हुनुभन्दा अघि पनि एलडीपी र कोमेइतोले आफ्नो बहुमतलाई अझ बलियो बनाउने विश्वास गरिएको थियो, यद्यपि आक्रमणले उनीहरूलाई सहानुभूतिको मतसमेत प्राप्त हुने सङ्केत देखिएको हो ।

प्रधानमन्त्री फुमिओ किशिदाले हत्याको बाबजुद पनि निर्वाचन प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिएपछिबाट यसको पुष्टि भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । शुक्रबार नाराको पश्चिमी क्षेत्रमा निर्वाचन अभियानलाई सम्बोधन गरिरहेका समय आबेमाथि नजिकैबाट गोली हानियो ।

उक्त घटनामा सख्त घाइते बनेका पूर्व प्रधानमन्त्री आबेलाई तत्काल हेलिकप्टरबाट अस्पतालमा पुर्याइएको थियो । तर गोली लागि अत्यधिक रक्तश्राव भएका उनको स्थानीय अस्पतालमा मृत्यु भएको घोषणा गरिएको थियो । उनको पार्थिव शरीर शनिबार टोकियोस्थित आवेको निजी निवासमा ल्याइएको थियो ।

यस आक्रमणले जापानलाई ठूलो झट्का दिएको छ र जापान लगायत विश्व समुदायलाई स्तब्ध पारेको छ ।

२०७९ असार २७, सोमबार प्रकाशित 0 Minutes 275 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार