२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

अमेरिकाबाट नेपालीहरुका लागि आयो यस्तो खुःशीको खबर

काठमाडौं । संयुक्त राज्य अमेरिकाबाट नेपालका लागि एक खुःशीको खबर आएको छ । अमेरिकामा केही प्रतिनिधि संस्थामा बोलिने गैरअंग्रेजी भाषामा नेपाली भाषा मुख्य पाँचौं स्थानमा परेको छ । अनुवाद तथा दोभाषे सेवा दिँदै आएको ल्याङ्ग्वेजलाइन नामक संस्थाले उक्त तथ्यांक सार्वजनिक गरेको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मुख्य कार्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको उक्त संस्थाको अध्ययन भन्छ, ‘अंग्रेजी र स्प्यानिश यहाँको मुख्य दुई भाषा हुन् । यसबाहेक यहाँ समुद्रको एकाछेउदेखि अर्को छेउसम्म ३५० भन्दा बढी भाषा बोलिन्छन् ।’

संस्थाका केही प्रतिनिधि शहरमध्ये कोलोराडोको डेनभरमा अंग्रेजी र स्प्यानिशपछि नेपाली भाषा पाँचौं र विस्कान्सनको म्याडिसनमा चौथो भाषाका रूपमा सूचीकृति छ ।

संस्थाले अगाडि भनेको छ, ‘अमेरिका बहुभाषाका लागि पृथक विशेषताको भूमि हो । यहाँ पाँचमध्ये एक व्यक्ति वा ६ करोड ७० लाख मानिस घरमा गैरअंग्रेजी भाषा बोल्छन् ।’

संस्थाले गएका १२ महिनामा भएका ४ करोड संवादलाई आधार मान्दै उक्त तथ्यांक निकालेको हो घरमा बोलिने भाषाको तथ्यांकमा दक्षिण एसियाली मुलुकको बंगाली भाषा समावेश छ । दोभाषे सेवा लिने संख्याका आधारमा यो तथ्यांक आएको हो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ असार २७, सोमबार प्रकाशित 0 Minutes 325 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार