२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

‘पुटिनकाे एक कदमले पूरै विश्व नै ठप्प हुनसक्छ’

काठमाडौं । एक रिपोर्टले रुसले विश्वलाई नै ठप्प पारिदिन सक्ने देखाएको छ ।युक्रेनमा रुसले सैन्य कारवाही सुरु गरेपछि तेल उत्पादनमा कटौती गर्दै आएको छ ।विश्वव्यापी विश्लेषक फर्म जेपी मोर्गन चेज एण्ड कम्पनीका विश्लेषकहरुका रुसले चाल्ने एक कदमले विश्व नै ठप्प हुन सक्छ ।

उनीहरुले विश्वभर कच्चा तेलको मूल्यमा भारी वृद्धि भइसकेको छ तर रुसको एक कदमले यो मूल्य अझै बढ्नेछ र विश्व एक हिसाबले ठप्प नै हुनेछ ।अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार कच्चा तेलको मूल्य मूल्य प्रति ब्यारेल ३८० डलर पुग्न सक्ने ब्लूमबर्गको रिपोर्टमा उल्लेख छ ।

अमेरिका र युरोपेली देशहरूको जरिवानाका कारण रुसले कच्चा तेलको उत्पादन घटाउन सक्ने समेत बताएका छन्। जसका कारण विश्वभर तेलको मूल्य खरिद गर्न नसक्ने अवस्थामा पुग्ने बताइएको छ ।

इन्धनको अभावसँगै अन्य क्षेत्र पनि ठप्पै हुन सक्ने बताइएको छ । उनीहरुले रुसी तेलमाथिको नाकाबन्दीले विश्वका अन्य देश र नागरिकको जनजीवन प्रभावित पार्ने बताएका छन् ।

हालै सम्पन्न जी सेभेनको शिखर सम्मेलनले यो अवस्था बुझेरै रुसबाट कच्चा तेल आयातलाई सशर्त स्वीकृति दिने निर्णय गरेको छ । बाहिर जति रुसविरुद्ध भनिएपनि बैठकमा त्यसबाट उत्पन्न हुने परिस्थितिबारे सबै चिन्नित थिए ।

उनीहरुको सर्तअनुसार रुसले तेल दिन तयार नभए संकट आउन सक्ने बताइएको छ । पश्चिमा देशहरुले रुसी तेलमाथि नाकाबन्दी लगाएपनि अवैध रुपमा उनीहरुकै देशमा तेल पुग्ने गरेको छ ।

नाकाबन्दीले रुसलाई आर्थिक अवस्था कमजोर नबनाएको तथ्यहरु सार्वजनिक भइसकेका छन् । युक्रेनमाथि सैन्य कारवाही सुरु गरेको एक सय दिनमा ९९ अर्ब डलर तेलबाट कमाएको सार्वजनिक भइसकेको थियो ।युक्रेन विवादपछि रुसमा कुनै पनि महंगी नबढेको बरु हरेक इन्धन सस्तो भएपछि सबै कुरा सस्तो भएको रुसी संचारमाध्यमहरुले बताएका छन् ।

जेपी मोर्गनकी नताशा केनेभा सहित धेरै विश्लेषकहरूले आफ्ना ग्राहकहरूलाई एउटा नोटमा भनेका छन् कि रूसले कच्चा तेलको उत्पादन प्रति दिन ५ मिलियन ब्यारेलले घटाउन सक्छ र यसले उसको अर्थतन्त्रलाई असर गर्दैन। तर प्रतिवेदनका अनुसार रुसको यो निर्णयको नतिजा बाँकी विश्वका लागि निकै खतरनाक हुनसक्छ ।

कच्चा तेल उत्पादनमा प्रति दिन ३ मिलियन ब्यारेलको कमीले लन्डन बेन्चमार्कमा तेलको मूल्य १९० डलर प्रति ब्यारेलमा धकेल्न सक्छ। कच्चा तेलको उत्पादन दैनिक ५० लाख ब्यारेलले घटेपछि यसको मूल्य प्रतिब्यारेल ३८० डलरसम्म पुग्न सक्छ ।

प्रतिवेदनका अनुसार अमेरिका र युरोपेली देशहरूको यो निर्णयसँगै रुसले चुपचाप नबस्ने र तेल निर्यात घटाएर बदला लिने सम्भावना छ । यदि रूसले तेल निर्यात घटाउन मात्र उत्पादन घटाउँछ भने यसले आतंक निम्त्याउँछ। अहिले तेल बजारको प्रवृत्ति रुसको पक्षमा छ ।रोयटर्सको सर्वेक्षणका अनुसार पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन ९ओपेक०ले जुनमा गठबन्धनमा भएको सम्झौताअनुसार तेल उत्पादन बढाएको छैन।

सर्वेक्षणका अनुसार ओपेकले जुन महिनामा प्रतिदिन २८ लाख ५२ हजार ब्यारेल तेल उत्पादन गरेको थियो । तर, यो उत्पादन मे महिनाको तुलनामा प्रतिदिन १ लाख ब्यारेलले कम रह्यो । ओपेकले जुनमा तेल उत्पादन प्रतिदिन २ लाख ७५ हजार ब्यारेलले बढाउने योजना बनाएको थियो ।

२०७९ असार २६, आईतवार प्रकाशित 0 Minutes 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार