
काठमाडौं । युक्रेनको बन्दरगाह शहर ओडेसको आवासीय क्षेत्रमा आज बिहान रूसी सेनाले गरेको क्षेप्यास्त्र आक्रमणमा परी दुईजना बालबालिकासहित १८ जना मारिएका छन् ।
रूसी क्षेप्यास्त्रको निशानामा आवासीय बहुतले भवन र मनोरञ्जन क्षेत्र परेका युक्रेनी अधिकारीहरूले बताएका छन् । आक्रमणमा परी ३० जना घाइते भएका छन् । आक्रणको दृश्यमा जलेका भवनका अवशेष देखिएको छ । युक्रेनी सेनाले आक्रमणकारीहरूलाई भगाएको दाबी गरेको छ ।
युक्रेन युद्ध पाँचौ महिनामा प्रवेश गरेको छ । दुई देशबीच द्वन्द्व जारी रहँदा युरोपेली देशमा इन्धन आपूर्ति प्रभावित भएको छ भने खाद्य सङ्कटको चुनौती थपिएको छ । गत सोमबार किएभस्थित किनमेल घरमा भएको भीषण आक्रमणलाई लिएर युक्रेनले रूसमाथि युद्ध अपराधको आरोप लगाएको छ ।
एकहजारभन्दा बढी सर्वसाधारण किनमेलमा व्यस्त भएका बेला गैरसैनिक क्षेत्रमा रूसी फौजले गरेको आक्रमणको युक्रेनी राष्ट्रपतिले निन्दा गरेका थिए ।
पाँच महिनाअघि नै राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरिएको ‘विशेष सैन्य कारबाही’ उसको भूमि कब्जाका निम्ति नभइ सैन्य सामथ्र्य र हतियार भण्डार नष्ट गर्ने उद्देश्य भएको बताएका थिए ।
आज अत्याधिक पढिएका यी समाचारहरु पढ्नका लागि हेडलाईनमा क्लिक गर्नुहोस् । पूरा समाचार खुल्नेछ ।
जनबोली बाट साभार
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।