२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

शक्तिसालि भूकम्प जाँदा करिब २५० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा शक्तिशाली भूकम्व गएको छ । आज गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएका छन् ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो ।त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो ।

अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् ।सामाजिक सञ्जालमा आएका तस्वीर बाट घाइतेको सङ्ख्या अनुमान गरिएको हो । सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ ।

यस प्रदेशमा ठूलो संख्यामा घर भग्नावशेषमा परिणत भएका छन् । त्यहाँबाट आएको तस्वीरमा घाइतेहरुलाई स्ट्रेचरमा बोकेर लिइरहेको देख्न सकिन्छ ।

एक स्थानीय अधिकारीले बीबीसीलाई मृतकको संख्या २५० रहेको तर यो संख्या अझै बढ्न सक्ने बताए ।घाइतेको संख्या १५० भन्दा बढी रहेको बताइएको छ । जानकारी अनुसार भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी सहर खोस्तबाट ४४ किलोमिटर टाढा थियो । अफगानिस्तान, पाकिस्तान र भारतमा भूकम्पको धक्का महसुस गरियो ।

भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस गरिएको थियो । तालिबानका प्रवक्ता बिलाल करीमीले ट्वीटमार्फत भूकम्पमा सयौं मानिसको मृत्यु भएको जानकारी दिएका छन् । करीमीले प्रभावित जिल्लाको नाम भने खुलाएनन् ।

२०७९ असार ८, बुधबार प्रकाशित 0 Minutes 265 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार