२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

चीनको सीमामा तैनाथ भारतीय सेना बेपत्ता

काठमाडौं । भारत, अरुणाचल प्रदेशको चिनियाँ सीमामा रहेको ७औं गढवाल राइफलमा तैनाथ देहरादूनका एक जवान १३ दिनदेखि बेपत्ता छन् ।उनको परिवार मूलतः रुद्रप्रयागको हो । जवान बेपत्ता भएको उनको बटालियनका अधिकारीहरूले श्रीमतीलाई जानकारी गराइसके ।

त्यसपछि स्थानीय जनप्रतिनिधि र जनता उनको घर पुगे र जवानकी श्रीमतीलाई हिम्मत नहार्न भनिरहेका छन् ।

जानकारी अनुसार जवान प्रकाश सिंह राणाको परिवार देहरादुनको सैनिक कोलोनी अम्बीवालामा बस्छ । तर उनको मूल घर रुद्रप्रयागको उखीमठमा रहेको छ । उनी ७ गढवाल राइफलमा तैनाथ छन् ।

हाल उनको ड्युटी अरुणाञ्चल प्रदेशको चीन सीमामा रहेको थकाला पोस्टमा चलिरहेको थियो ।जवानकी श्रीमती ममता राणाले गत २९ मेमा आफ्नो गणका सुभेदार मेजरले श्रीमान बेपत्ता भएको जानकारी दिएको बताइन् ।

जवानका श्रीमती ममता, १० वर्षीय छोरा अनुज र सात वर्षीया छोरी अनामिका छन् । जवान प्रकाश सिंह राणालाई चीनले बेपत्ता गराएको आशंका गरिएको छ ।

२०७९ जेष्ठ २९, आईतवार प्रकाशित 0 Minutes 89 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार