२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

हेलिकोप्टर दुर्घ-टनामा सात जनाको जनाको नि`धन

काठमाडौं । इटालीका अधिकारीहरुले शनिबार हराएको हेलिकोप्टर पछि भेटिएको बताएका छन् । उनीहरुले सो हेलिकोप्टर दुर्घ`टनाग्र`स्त अवस्थामा भेटिएको र त्यसमा रहेका सबै सात जनाकै ज्या`न गएको पाइएको पनि बताएका छन् ।

शनिबार बिहान सो हेलिकोप्टर एयर ट्राफिकबाट हराएको जनाएका थिए । सात जना यात्रु बोकेर बेपत्ता रहेको सो हेलिकोप्टरको खोजी दिनभर भएको उनीहरुको भनाई छ । शनिबार साँझ सो हेलिकोप्टर फेला परेको र त्यसमा रहेका सबै सात जनाकै ज्यान गएको उद्धा`रमा खटेका अधिकारीहरुले जनाएका छन् ।

मध्य इटालियन क्षेत्रको एमिलिया रोमाग्ना नजिकैको एक पहाडको बाटो भएर सो हेलिकोप्टर उडेको थियो । सोही पहाडको नजिक पुगेर हेलिकोप्टर दुर्घ`ट`नाग्रस्त भएको थियो । त्यसमा एक जना इटालियन पाइलट, चार जना टर्कीका नागरिक र अरु दुई जना लेबनानका नागरिक रहेका थिए ।

दुर्घ`टनाको कारण अनुसन्धानरत रहेको यहाँको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट देखिए अनुसार मौसमको खराबीका कारण यो हेलिकोप्टर दुर्घ`टनामा परेको हो ।

२०७९ जेष्ठ २९, आईतवार प्रकाशित 0 Minutes 488 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार