२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

पहिलो अन्तरिक्ष यात्री बन्न लागेकी ज्योतिलाई बधाईको ओइरो, को हुन उनी ?

दाङः राप्ती गाउँपालिका–१ भालुबाङकी २७ वर्षीया ज्योति केसी अन्तरिक्षयात्री बन्ने भएकी छन्। कक्षा १० सम्म लालमटियामा रहेको मुनलाइट स्कुलमा अध्ययन गरेकी उनले प्लस टु बुटवलबाट गरेकी थिइन्। ५ वर्षअघि उनी ‘डिभी’ चिठ्ठा परेपछि अमेरिका गएकी थिइन्। उनलाई धेरैले पहिलो पटक अन्तरिक्ष जान पाउने नेपाली भन्दै सामाजिक सञ्जालमा बधाई दिनेहरूको ओइरो लागेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उनी अमेरिका पुगेको २ वर्षसम्म रोजगारी गरिन्। त्यसपछि उनी अमेरिकी वायुसेनामा छनौट भइन्। उनले भनिन्, ‘म एयरफोर्स जान लागेको घरपरिवार कसैलाई पनि जानकारी दिइनँ। किनकि त्यो लामो प्रक्रिया रहेको थियो। मैले पहिलोपटक तयारी गर्दा म ३५ किलो मात्र थिएँ। त्यहाँ छनौट हुन ५० किलो हुनुपर्थ्यो।

परीक्षा दिएर नाम निकाल्नुपर्ने हुन्छ। त्यसमा पनि राम्रो अङ्क आएन। फेरि मैले ३ महिनामा ५० किलो तौल पुर्‍याएँ। दोस्रो पटकमा छनौट भए। म छनौट भएपछि मात्र बुबाआमालाई जानकारी दिएँ।’ त्यसपछि फेरि स्वास्थ्य परीक्षण भयो। त्यसमा पनि पास भएपछि मेरो पृष्ठभूमि जाँच भएको थियो। त्यो सबै गर्न करिब १४ महिना लागेको उनको भनाइ छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

त्यसपछि उनलाई वायु सेनाको जागिरकै क्रममा अन्तरिक्षयात्री बन्ने अर्को अवसर पनि मिल्यो। त्यसपछि उनी त्यसका लागि अध्ययन गर्न पोल्याण्ड गइन्। अन्तरिक्षयात्री बन्नका लागि २ हप्ताको तालिममा सहभागी भइन्। २७ वर्षीया उनले भर्खरै एनालग आस्टर्ड अन्तरिक्षको रिसर्च पूरा गरेकी छन्। उनले उक्त रिसर्चले आफूलाई राम्रो अनुभव दिएको पनि बताइन्।

उनले भनिन्, ‘ एयरफोर्समा भएका मेरा साथीहरूले यो रिसर्च एक वर्षअगाडि गरेका थिए। त्यो वेला मेरो समय मिलेको थियो। यो वर्ष मैले आफैंले समय मिलाएर गरेकी हुँ। मलाई यसमा एयरफोर्सले निकै सहयोग गरेको छ।’ उनले आफ्नो युनिटको आफू यो रिसर्च गर्ने पहिलो व्यक्ति भएको पनि बताइन्। पोल्याण्डमा अन्तरिक्ष यात्रीको कोर्ष पूरा गरेकी उनी अब नासासँगको सहकार्यमा रिसर्चका लागि उड्ने योजना रहेको बताइन्।

उनी अहिले दाङ आएकी छन्। करिब एक महिनाको बिदामा घरपरिवारलाई भेट गर्न आएको उनको भनाइ छ। उनले भनिन्, ‘त्यहाँ पुग्ने मेरो जीवनको लक्ष्य हो तर मलाई त्यहाँ पुग्न कति समय लाग्छ, थाहा छैन। त्यो मैले एक दिन जति समय लागे पनि पूरा गर्नेछु।’ उनले आफूलाई अवसर आएको र त्यसैलाई सदुपयोग गरेको पनि बताइन्।

उनले मौका एकपटक मात्र आउने भएकाले पनि त्यही मौका पूरा गर्न घरपर***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ असार १९, आईतवार प्रकाशित 0 Minutes 331 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार