
१२ राशिका बारेमा उल्लेख गरिएको छ। सबै राशिका आ–आफ्नै विशेषता रहेका छन्।
ती मध्ये कुनै राशि निकै भाग्यमानी त कुनै राशि कम भाग्यमानी हुने कुरा पनि उल्लेख गरिएको छ। राशिका बारेमा मानिसको भविष्यका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। आज हामी तपाईलाई केही यस्ता राशिका बारेमा जानकारी दिदैछौँ।
जो राशिलाई भगवान शिवको विशेष कृपा रहने गर्छ। अर्थात उनीहरु शिव भगवानका निकै प्रिय हुने गर्छन्। ती राशिका व्यक्तिमाथि सधैँ भगवान शिव दाहिने हुने भएका कारण धनी बन्न कसैले छेक्दैन्। यिनीहरुलाई करोड पनि बन्ने बरदान शिव भगवानले दिएको पनि ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ।
आउनुहोस् जानौँ कुन कुन हुन् ती राशि ?
वृष राशिः यस राशिको मानिसहरुको मंगल निकै राम्रो हुने गर्दछ। वृष राशिको व्यक्तिहरु भगवान शिवको स्वरूपको निकै नजिक हुने गर्दछन्। यस राशिको व्यक्तिहरु चाहे दुखमा होस् या सुखमा सधै भगवान शिवको जप गरिरहन्छन्। त्यसैले भगवान शिव यिनीहरुको हरेक मनोकामना पूरा गर्दछन्। यस राशिको व्यक्तिहरुले हरेक सोमबारको दिन शिव मन्दिर गएर शिवलिंगमा जल चढाउनु पर्दछ।
कर्कट राशिः यस राशिको मानिसहरुमा भगवान शिव निकै दयालु हुने गर्दछन् ।यी राशिको मानिसहरु भगवान शिवको भक्तिमा सधै तल्लिन हुने गर्दछन्। यस राशिको व्यक्तिहरु भगवान शंकरको कुनैपनि व्रत या पर्वमा वर्त राख्न छोडदैनन्। भगवान शिव यस राशिको व्यक्तिहरुमा सधै आफ्नो कृपा बनाई राख्नुहुन्छ।
मकर राशिः यो राशिको व्यक्तिहरु भगवान शिवको सबैभन्दा धेरै नजिक हुने गर्दछन्। यस राशिको व्यक्तिहरुमा आउने समस्याहरुको अन्त्य भगवान शिवले स्वयंम गर्नुहुन्छ। जीवनको हरेक उतार चढ़ावमा भगवान शिवको नाम लिन भुल्दैनन्। त्यसैले भगवान शिव यी राशिमा आफ्नो कृपा बर्साउने गर्दछन्। सोमवारको दिन शिवलिंगमा दूध चढाउनाले यस राशिको व्यक्तिहरुलाई अधिक फाईदा हुने गर्दछ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।