२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

बालेन जस्तै, स्वतन्त्रबाट रवि लामिछाने आउदो संसदीय चुनावमा लड्ने घोषणाले देशभरछायो खुशियाली

बालेन जस्तै, स्वतन्त्रबाट रवि लामिछाने आउदो संसदीय चुनावमा लड्ने घोषणाले देशभरछायो खुशियाली

सञ्चारकर्मी रवि लामिछाने आउदो संसदीय चुनावमा काठमाडौबाट लडने तयारी !! सामाजिक संजालमा यो हल्ला चलेको छ , रविले भने यसबारे केही बोलेका छैनन !!

काठमाडौं । यसपटकको स्थानिय तहको चुनावले देशभर नयाँ आशा र उत्साह नै ल्यायो । काठमाडौं महानगर लगायत देशका केही ठाउँमा स्वतन्त्र उम्मेदवारहरुले बाजी मारे । यो घटनाले राजनीतिक दलहरुको टाउकोमा घन बजारिएको छ र उनीहरुका लागि खतराको घण्टी समेत बजेको छ ।

अब स्थानिय तहमा मात्र नभई देशको राष्ट्रिय राजनीतिमा स्वतन्त्रबाट बालेनहरु उदाउनुपर्ने जोडतोड माग उठिरहेको छ र यसको तयारी समेत सुरु भएको छ । यसैबीच, आउदो मंसिरमा हुने भनिएको संसदीय चुनाव झनै रोचक बन्ने देखिएको छ ।

चुनाव आउन करिब ६ महिना बाँकी रहेका बेला प्रतिनिधीसभा सदस्यका लागि राजधानी लगायत देशभरबाट स्वतन्त्र उम्मेदवारी दिन थालेका छन् ।

यही क्रममा लामो समयदेखि टेलिभिजन क्षेत्रमा काम गर्दै आएका लोकप्रिय टेलिभिजनकर्मी रवि लामिछाने राजनीतिक मैदानमा उत्रिने तयारी गरेका छन् । लामिछाने निकट स्रोतका अनुसार उनले संसदीय चुनावमा स्वतन्त्रबाट भिड्ने तयारी भित्रभित्रै गरिरहेका छन् ।

उनले आफूले हाल सञ्चालन गर्दै आएको ग्यालेक्सी टेलिभिजनमा रहेको आफ्नो स्वामित्व बिक्री गर्ने र स्वतन्त्ररुपमा चुनाव उठ्ने तयारीमा छन् । लामिछाने काठमाडौंकै कुनै एक क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् ।

यदि दलबाट चुनाव लडिहाले पनि जनताको नजरमा बदनाम भइसकेका दलहरुबाट चुनाव नलड्ने उनको योजना रहेको छ । लामिछानेको सिधा कुरा जनतासँग कार्यक्रम निकै लोकप्रिय पनि छ ।

काठमाडौं महानगरमा स्वतन्त्रबाट बालेन साहले शानदार जित हासिल गरेपछि सञ्चारकर्मी लामिछानेलाई पनि राजनीति आउन देशभरविदेशबाट दबाब आइरहेको छ । सञ्चारकर्मी लामिछानेले यसअघि पनि ‘द लिडर यो राष्ट्रको सेवक’ लगायत कार्यक्रमबाट पनि राजनीतिमा आउने प्रयास गरेका थिए तर त्यो कार्यक्रम विविध कारणले प्रशारण हुन सकेन ।

२०७९ जेष्ठ २६, बिहीबार प्रकाशित 0 Minutes 634 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार