२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता, रविका सर्मथकहरु छन् खुशीले फुरुगं

रवि लामिछानेले गठन गरेको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।पार्टीको नामलाई लिएर विवाद भएपनि अन्तत आयोगले सोही नामलाई मान्यता दिँदै दर्ता नम्बर १८७ दर्ता भएको छ । दल दर्तासँगै लामिछानेको पार्टीले चुनावचिन्ह गोलाकारभित्रको घण्टी पाएको छ ।

यो पनि : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर मनसुनी विपद्को उच्च जोखिममा : वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । कर्णालीको राजधानी भए पनि यहाँका नागरिक वर्षायाममा ढुक्कले निदाउन पाउँदैनन् । प्रदेशको राजधानी मानिएको वीरेन्द्रनगर मनसुनी विपद्को उच्च जोखिममा छ ।

नगरको उपत्यका क्षेत्र बाढी र डुवान तथा भिरालो जमिन भएका केही वडाहरू पहिरोको जोखिममा छन् । वर्षायाम सुरु भएसँगै यहाँ डुवान, कटान र पहिरोको समस्या आइरहन्छ । यसपटक पनि मनसुन लागेपछि विपद्जन्य जोखिमको त्रास सुरु भएको छ । मनसुनी विपद्ले वर्षेनी जनधनको क्षति गर्दै आए पनि प्रतिकार्य र सावधानीमा सरोकारवाला निकाय नै उदासीन छन् ।

जोखिमयुक्त स्थानमा धमाधम घर निर्माण भइरहँदा वीरेन्द्रनगर नगरपालिका बेखबर जस्तै बनेको छ । मापदण्डविपरीत नगरभित्र भौतिक संरचना निर्माण गरिँदा त्यसले झनै विपद्जन्य जोखिम बढाएको छ । उपत्यकाको खोर्के, इत्राम र नेवारे खोला नै च्यापेर थुप्रै घर निर्माण भएका छन् । जसले गर्दा खोलाको क्षेत्र साँघुरिँदै गएको छ । त्यसरी बसेका बस्ती जहिले पनि बाढी, पहिरो र कटानको खतरामा रहेको वीरेन्द्रनगर नगरपालिकाका योजना शाखा प्रमुख (इन्जिनियर) हरि केसी बताउँछन् ।

नियामक निकायको वेवास्ताका कारण वीरेन्द्रनगरमा वर्षेनी जोखिमपूर्ण बसोबास बढ्दो छ । घर निर्माणको कागजी प्रक्रिया पूरा गरेपछि नगरपालिकाले निर्माण स्वीकृत दिन्छ । तर, विपद्को जोखिमबारे अनुगमन तथा नियमन भने गर्दैन । कतिपयले जोखिम मोलेरै ऐलानी जग्गामा समेत पक्की संरचना बनाएका छन् ।

खोला आसपास भौतिक संरचना बनाउँदा नगरबासी र नगरपालिका दुवैले ख्याल गरिएको पाइँदैन । वीरेन्द्रनगर-३ मा मात्रै पाँच सय घरधुुरी बाढी र कटानको उच्च जोखिममा छन् । वडाध्यक्ष विनोद सिंह विष्टले खोला किनारमा बनेका अधिकांश घरहरूमा विपद्को जोखिम रहेको बताए । ‘चाइना पुुलदेखि उत्तर र दक्षिण क्षेत्रमा खोला छेउमै बनाइएका घरहरूमा विपद्को खतरा छ,’ उनले भने, ‘स्थानीयलाई खोला क्षेत्र छोडेर संरचना बनाउन भनिए पनि अटेरी गरिरहेका छन् ।’ निर्माण मापदण्डमा २० मिटर जग्गा खोलालाई छोड्नुपर्ने भएपनि त्यसो हुुन नसकेको उनी बताउँछन् ।

वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्र भएर दक्षिण बग्ने खोर्के र इत्राम खोलामा वर्षायाममा कटान हुन्छ । उपत्यकाको तल्लो तटीय क्षेत्रमा डुवानको उस्तै समस्या छ । भरपर्दो ढल व्यवस्थापन नहुनु तथा उपत्यकाको पानीको निकास साँघुरो हुँदा दक्षिणी भूभागमा वर्षैपिच्छे डुवान हुने गरेको हो ।

२०७९ असार १७, शुक्रबार प्रकाशित 1 Minute 199 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार