२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

रवि लामिछानेको पार्टीले ‘घण्टी’ चिन्ह नपाउने

काठमाडौ ।

गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने सम्भावना बढेको छ ।

पार्टीको नाम नै फेर्न दवाव झेलिरहेका लामिछानेले रोजेको घण्टी चिन्ह यसअघि नै दर्ता भएको पाइएको छ । उनले रोजेको चिन्ह घण्टी राष्ट्रवादी पार्टीको चुनाव चिन्हका रुपमा यसअघि नै आयोगमा दर्ता भइसकेको छ ।

२०७३ साल मंसिर ३० गते आयोगमा दर्ता भएको सो पार्टीको कार्यालय नारायण गोपाल मार्ग काठमाडौं रहेको छ । पार्टीका केन्द्रीय संयोजक सहजाद मियाँ भिकरानी रहेका छन् । निर्वाचन आयोगकाअनुसार कुनै एउटा दलको नाममा दर्ता भएको चुनाव चिन्ह अर्को दलले पाउन सक्दैन ।

राष्ट्रवादी दल अन्य कुनै दलमा मर्ज भएर १ वर्ष बितेको र अर्कै चुनाव चिन्ह लिएको अवस्थामा मात्र सो चिन्ह पाउन सक्ने आयोगको भनाई छ । आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले यसबारेमा आयोगमा छलफल तथा छानबिनपछि आवश्यक निर्णय हुने रातोपाटीलाई जानकारी दिए ।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको नामको विरोधमा परेको २ उजुरीमाथि आयोगले अध्ययन गरिरहेको छ ।

२०७९ असार १५, बुधबार प्रकाशित 0 Minutes 201 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार