२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

रवि लामिछानेले रमेश खरेललाई भेटे, पार्टी एकता गरि सहकार्य गर्ने संकेत,

काठमाडौं । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछानेले नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलसँग भेटवार्ता गरेका छन् । उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ ।

सुशासन पार्टीले आफ्नो फेसबुक पेजमा तस्विरसहित भेटघाटको जानकारी गराएको हो । दुई पार्टी पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको सुशासन पार्टीले जनाएको छ ।

नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका रमेश खरेल आगामी संसदीय चुनावमा काठमाडौं-१ बाट उम्मेदवारी दिने तयारीमा छन् ।

बाहिरियो नेपाल एसिसी टी–ट्वान्टी च्याम्पयनसिपबाट
काठमाडौँ, १० असार । वर्षा बाधक बनेपछि नेपाल ‘एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिप’बाट बाहिरिएको छ ।मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीच भइरहेको पहिलो सेमिफाइनल खेल वर्षाका कारण खेल रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

प्रतियोगिताको नियमअनुसार युएइ भने समूह ए को विजेताका रुपमा फाइनलमा पुग्दै एशिया कपमा समेत छनोट भएको छ । यसअघि युएइ समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने नेपाल उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो ।टस जितेर पहिले बलिङ गर्न निर्णय गरेको नेपालले युएइलाई ८१ रनमा अलआउट गरेको थियो । जीतका लागि ८२ रनको विजयी लक्ष्य पाएको नेपाल वर्षाका कारण जवाफी ब्याटिङ गर्न पाएन र नेपाल सेमिफाइनलबाटै बाहिरिन पुग्यो ।

खेलमा युएइले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनमा समेटिएको थियो । युएइका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् भने इशा रोहितले १५ तथा कप्तान छाया मुघलले १४ रन जोडिन् । त्यस्तै खुसी शर्मा १२ रनमा आउट भइन् ।

उत्कृष्ट बलिङ गरेको नेपालका लागि अश्मिना कर्माचार्य एक्लैले ५ विकेट लिइन् भने इन्दु बर्माले ३ तथा सीता रानाले २ विकेट हात पारिन् । समूह ‘बी’ मा रहेको नेपालले समूह चरणको खेलमा भूटान, कुवेत र बहराइनलाई पराजित गरेको थियो भने हङ्कङसँग पराजित भएको थियो ।

२०७९ असार ११, शनिबार प्रकाशित 1 Minute 111 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार