२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

बालेन र हर्क रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा आउने !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई आफ्नो पार्टीमा ल्याउन प्रयास गर्ने बताएका छन् ।

शुक्रबार रिपोर्टस् क्लबमा प्रकार सम्मेलन गर्दै उनले भने, ‘बालेन साहजी र हर्क साम्पाङजी जस्ता मान्छेहरुको साथ हामीलाई मात्र होइन अन्य दललाई पनि आवश्यक छ । तर हामीले प्रयास गर्छौं ।’ उनीहरु मेयरमा निर्वाचित भइसकेपछि एउटै पार्टीमा बसेर काम गर्ने विषयमा कुराकानी नभएको लामिछानेको भनाइ छ ।

‘हामीले पार्टी खोल्दा बालेन साह र हर्क साम्पाङ निर्वाचित भइसक्नु भएको थियो,’ उनी भन्छन्, उहाँहरु निर्वाचित भइसकेपछि हामी स्वागत गर्न तयार छौं । तर उहाँहरुसँग कुरा भएको छैन । उहाँहरुले काम गरिराख्नु भएको छ ।’

यस्तै बालेन र हर्कहरूलाई असफल हुने सुविधा नभएको भन्दै उनीहरुलाई काम गर्न दिनुपर्ने लामिछानेले बताए । उनले भने, ‘उहाँहरुलाई काम गर्न दिनुपर्छ । काम गरेर देखाउनु पनि छ ।

उहाँहरुलाई फेल हुने सुविधा पनि छैन ।’ राजनीतिबाट आएका मान्छेबाट मात्र राजनीति सफल हुन्छ भन्ने भाष्य परिवर्तन गर्नका लागि पनि उनीहरु सफल हुनुपर्ने उनले बताए । लामिछानेले भने, ‘उहाँहरुको सफलताले त्यसलाई परिभाषित गर्छ, प्रमाणित गर्छ । हामीले उहाँलाई सफल कार्यकालको शुभकामना दिने हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टीमा आए पनि नआएपनि उनीहरुलाई सल्लाह र सुझाव आवश्यक भए आफूहरु २४ घण्टा तयार हुने बताए । उनले भने, ‘हाम्रो पार्टीमा ल्याउन नल्याउने भन्दा पनि उहाँहरुको कार्यकालको सफलता हाम्रा लागि प्राथमिकताको कुरा हो ।’

२०७९ असार १०, शुक्रबार प्रकाशित 0 Minutes 154 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार