२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

हिरोइन मेरो अगाडि रोइन्, उनलाई बचाउनका लागि मैंले आफ्नो गल्ती भनेको हुँ ।’ (भिडियो सहित)

हिरोइन मेरो अगाडि रोइन्, उनलाई बचाउनका लागि मैंले आफ्नो गल्ती भनेको हुँ ।’ (भिडियो सहित)

फिल्म हलबाहिर एकजना बौद्ध भीक्षुबाट र्दुव्यवहारको आरोप लगाएकी नायिका मीरुना मगरबारे सनसनीपूर्ण खुलासा भएको छ । घटनापछि भीक्षू पक्राउ परेका र घटनाप्रति माफी मागेपछि रिहा भएको भनिएपनि वास्तविकता फरक रहेको खुलेको छ ।

पक्राउ परी छुटेका भीक्षुको सनसनीपूर्ण भिडियो सार्वजनिक भएको छ । जसमा उनले आफू निर्दोष रहेको र नायिकाले आफ्नो करिअर बचाइदिन अनुनय विनय गरेर सम्झौता गरेको बताए ।उनले भने, ‘हिरोइन मेरो अगाडि रोइन् । उनलाई बचाउनका लागि मैंले आफ्नो गल्ती भनेको हुँ ।’ सर्वसाधारणबाट नै नायिका मगर असुरक्षित हुने अवस्था भएकाले आफू झुक्न तयार भएको भिक्षुले बताएका छन् ।

सिभिल मलमा चलचित्र कबड्डी कबड्डी ४ की नायिका मीरुना मगरले आफूलाई गलत तरिकाले भीक्षुले छोएको भन्दै थप्पड हानेकी थिइन् । तर, भीक्षुले गलत तरिकाले छोएको कुनै प्रमाण फेला नपरेपछि घटना विवादमा परेको थियो ।

२०७९ जेष्ठ २१, शनिबार प्रकाशित 0 Minutes 235 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार