
रबिना देशराज समकालीन समाज भन्दा बेग्लै सोच राख्ने ब्यक्तिका रुपमा चिनिन्छिन् ।
उनी लैंगिकताका विषयमा परम्परागत सोच विपरित धारणा राखेर र आफ्नो विकिनी तस्बिर सार्वजनिक गरेर पनि चर्चामा छिन्। अभिनेत्री प्रियंका कार्कीसँगै विकिनीमा उनको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएपछि त्यसले ठूलै चर्चा पायो । उनका छोरा आयुष्मान देशराज पनि अभिनेता हुन् ।
अभिनेत्री कार्की र आयुष्मान प्रेम सम्बन्धमा रहेका गसिपहरु पनि मिडियामा छाइरहन्छन् । सन्तान जन्माउन बिहे गर्नु नपर्ने बोल्ड धारणा राख्दै आएकी रवीना देशराजसँग प्रचलित सामाजिक ब्यवस्थाका बारेमा चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीको केहि अंश साभार गरेका छौ
महिला झन बोल्ड हुँदै गएपछि परिवारमा बिखण्डन आइरहेको छ भन्छन् हो त रु मेरा एकजना आफन्तसँग एकदिन कुरा गर्दैथिएँ । उहाँले एउटा ग्यादरिङमा हजुरवा हजुरवाका तीनजना श्रीमती र छोराछोरी सबै जम्मा भएको भन्नुभयो । ल त्यहि ठाउँमा हजुरआमाका तीनजना श्रीमान जम्मा भएको भनौं त ?
एउटा पुरुषका तीन श्रीमती एकै ठाउँ भेला हुनुलाई स्वाभाविक रुपमा लिने समाजले एउटी महिलाका तीन श्रीमान एकैठाउँ ग्यादरिङ गरेको पचाउन सक्छ । पुरुषहरु खुला रक्सी चुरोट खान्छन् । ल हामी खाउँ त के भन्छ समाज रु अहिले जे जे भएको छ त्यो सबै महिलाले सहिदिने भएर हो ।
उसले तीनवटा ल्याउँदा १०औं जनासँग से’क्सु अल रिलेशनमा रहंदा चुरोटले डाम्दा पनि सहिदिए मात्र परीवार जमेको देख्ने त्यसलाई नसहे परीवार विखण्डन भएको देख्ने । त्यो घर घर नहुने अनि महिलाले बरु एक्लै बस्छु भन्दा परिवार भड्किएको भन्ने ?
अब महिला हरुले पनि आफ्नो शक्ति थाहा पाए । अब त्यसैगरी सहंदैनन् । जो आर्थिक रुपमा सक्षम छन् दवावमा रहन्नन् । त्यसो हुनु समाज विग्रिएको होइन ।बिग्रिएको समाजको रुप देखिएको मात्र हो । हिंसामा पुरुष छन् भने पनि त्यहि हो । ल न म दुईटा श्रीमान राख्छु भन्छु ।
महिला र पुरुषमा फरक सामाजिक सोचाई हुनु भएन भनेको मात्रै । यसो सोचौं न दुईजना एक हुने भनेको दुईटाको खुशी जोड्दा झन् खुशी हुन सकिन्छ कि भनेर हो नि । म दुईवटा श्रीमान राख्न चाहान्छु के मान्छ त यो समाजले । एजेन्सी
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।