
जेठ २९ काठमाण्डौँ । नेकपा एमालेका सांसद शेर बहादुर तामाङले गाँजा खुला गरेर बिक्री गर्न प्रस्ताव गर्दै यसको आमदानीबाट दुई वर्षमै बैदेशिक रिण तिर्न सकिने बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालयको लागि विनियोजित बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै सांसद तामाङले गाँजा सम्बन्धि यस्तो दावी गरेका हुन् ।
उनले यस अघि नै संसदमा गाँजा सम्बन्धि गैर सरकारी विधेयक दर्ता गरेका छन् ।
नेपालमा क्यान्सरजस्तो प्राणघातक रोगले धेरै मान्छे मरिरहेका छन् र सम्पति सकिरहेका छन् । यसैगरी प्राणघातक रोग एचआईभी एड्सको कारण पनि मानिसको जिउन पाउने अधिकार नष्ट भइरहेको छ, उनले दाबी गरे, ुएड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि नै गाँजा हो ।
यस रोगका बिरामीहरूलाई तत्काल यसको व्यवस्था गरिएन भने हजारौं बिरामीहरू मर्ने खतरामा छन् । तामाङले थपे ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।