२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

भोको बच्चाले खाना माग्दा कलियुगकी राक्षसनी सौतेनी आमाले बच्चाका दुवै हात जलाइदिइन्

काठमाडौं । एक सौतेनी आमाले खाना मागेपछि बच्चाको दुवै हात जलाएकी छिन् । भारत, कर्नाटक, गुलबर्गामा रहेको वाडी प्रहरी चौकी क्षेत्रमा सो घटना भएको हो ।

आमाले बालकलाई खाटमा बाँधेर समेत यातना दिएको खुलेको छ । वाडी सहरको दुर्गम गाउँ नलवारा टाँडामा यस्तो अमानवीय घटना भएको हो ।

टाण्डाका थिप्पन्नाले केही वर्ष पहिले आफ्नी श्रीमती गुमाएका थिए । त्यसपछि आफ्नो चार वर्षको बच्चाको हेरचाह गर्न मरेम्मा नामकी महिलासँग विवाह गरेका हुन् ।

थिप्पन्ना घरमा हुँदा मरेम्माले बच्चाको राम्रो हेरचाह गर्थिन् । तर जब उनी कामको सिलसिलामा बाहिर जान्थे तब आफ्नो वास्तविक रुप देखाउन थाल्थिन् ।

हालै, थिप्पन्ना काम परेपछि पुणे (महाराष्ट्र) आएका थिए । त्यसपछि मरेम्माले बच्चामाथि क्रूरता गर्न थालिन् । मरेम्माले बच्चालाई दिनहुँ यातना दिएको स्थानीयले देखेका छन् ।

एक दिन भोको बच्चाले सौतेनी आमासँग खाना मागेका थिए । त्यसपछि कलियुगकी राक्षसनी आमाले खाना दिनुको सट्टा बच्चाको हात पोलिन् ।

तीन दिनसम्म बालक घरबाट बाहिर नआएपछि स्थानीयवासी घरभित्र पसे । भित्र जाँदा छिमेकीहरुले बच्चालाई ओछ्यानमा बाँधेको देखे ।

उनीहरुले डोरी खोलेर बच्चालाई छुटाए । यसबारेमा स्थानीयले तिमीले किन यस्तो गरेको भनेर सोध्दा म गर्छु तिमीहरुलाई के मतलब भनेर जवाफ फर्काइन् । अझ उल्टै तिमीहरु सोध्ने को हौँ भनेर पनि प्रश्न गरिन् ।

बालक रोएको देखेर स्थानीयले वाडी प्रहरी चौकीमा उजुरी गरेका छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

२०७९ जेष्ठ २६, बिहीबार प्रकाशित 0 Minutes 121 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार