२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

काठमाडौंमा कोठा भाडामा बस्ने विद्यार्थीलाई खुसीको खबर !

काठमाडौंमा कोठा भाडामा लिएर बसिरहेका सीमित समुदायका विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुलो वितरण गरिने भएको छ ।

आदिबासी, दलित, जनजाति र लोपोन्मुख समुदायका विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुलो ( इन्डक्सन) बाँड्नका लागि भन्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आवेदन माग गरेको छ ।

केन्द्रका अनुसार सरकारी र सामुदायिक शिक्षण संस्थामा विश्वविद्यालय तहमा अध्ययनरत ती समुदायका विद्यार्थीले असार ९ गतेभित्र निवेदन दिन सक्नेछन् । यस्तो सुविधा लिन विद्यार्थीले आवेदनका साथमा नागरिकता प्रमाणपत्रको प्रतिलिपी र शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र तथा सिफारिस पत्र बुझाउनुपर्नेछ छ ।

आदिबासी, जनजाति, दलित र लोपोन्मुख समुदायको परिचय खुल्ने गरी सम्बन्धित स्थानीय तहको सिफारिस पनि माग गरिएको छ । यस अघि पनि केन्द्रले अति दुर्गम र दुर्गम ठाउँबाट काठमाडौंमा आएर अध्ययन गरिरहेका विद्यार्थीका लागि नि:शुल्क विद्युतीय चुलो बाँड्ने भन्दै निवेदन मागेको थियो । त्यसका लागि करिब १० हजार आवेदन परेका थिए ।

तर त्यो बेला निवेदन दिएका विद्यार्थीलाई केन्द्रले हालसम्म चुलो बाँडेको छैन । यद्यपि अघिल्लोपटक निवेदन दिएका विद्यार्थीले फेरि निवेदन दिन नपाउने केन्द्रले जनाएको छ । बिजुलीको आन्तरिक खपत बढाउन र खाना पकाउने ग्यासलाई विद्युतीय चुलोले प्रतिस्थापन गर्ने सरकारको उद्देश्यलाई सहयोग पुग्नेगरी केन्द्रले यस्तो कार्यक्रम ल्याएको जनाएको छ ।

२०७९ जेष्ठ २५, बुधबार प्रकाशित 0 Minutes 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार