
काठमाडौंको धोबीखोलामा एक पुरूषको श’व फेला परेको छ। मंगलबार बिहान करिब ९ बजे खोलामा पुरूषको श’व फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
काठमाडौं महानगरपालिका-४ स्थित सुकेधाराबाट कपन जाने बाटोमा रहेको फलामे पुलमूनि धोबीखोलामा श’व फेला परेको हो। स्थानीयले श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए।
खोलामा घोप्टो परेको अवस्थामा श’व फेला परेको हो । अहिले घ’टनास्थलमा प्रहरी टोली पुगिसकेको र श’व निकालेर पोष्टमार्टमका लागि पठाइएको मैनालीले बताउनुभयो । श’वको पहिचान भइसकेको छैन।
काठमाडौंको फर्पिङमा सोमबार मृ’त अवस्थामा भेटिएका युवा–युवतीको पहिचान खुलेको छ । अन्दाजी २२/२३ वर्ष उमेरका युवा–यवतीको श’व दक्षिणकाली नगरपालिका–५ स्थित शेष नारायण जंगलमा फेला परेको थियो ।
घ’टनास्थल नजिकै औषधीको बट्टासमेत फेला परेको थियो । उनीहरुको मृ’त्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।