
सोमबार बिहानैबाट सामाजिक सञ्जालमा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको भन्दै भाइरल भएको घर नेपालमै नरहेको भेटिएको छ। तथ्य सर्च इन्जिन गुगलको रेकर्डमा उक्त घर नेपालमा नरहेको देखिएको छ।
उक्त घर एक वर्षअघि नै भारतको भोपालमा निर्माणाधीन अवस्थामा रहेको तथ्य सर्च इन्जिन गुगलको रेकर्डले देखाएको हो।
एकीकृत समाजवादी पार्टीले मन्त्री फेर्ने निर्णय गरेसँगै मन्त्री झाँक्रीले नौ महिनामै नयाँ घर ठड्याएको भन्दै गरिएको चर्चा फेक रहेको पुष्टि भएको हो।
एकीकृत समाजवादीले पुराना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेसँगै सामाजिक सञ्जालमा यो घरको तस्बिर भाइरल बनाइएको थियो।
गुगल सर्च गर्दा यो घरको तस्बिर भारतसँगै उज्वेकिस्तान, मोरक्को, इरान लगायतमा देशमा पनि यसअघि नै प्रयोगमा ल्याएको भेटिएको छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।