२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

सिसा फोडेर ज्यान बचाएका भन्छन्- शरीरले काम नगरे जस्तो भयो, अनि बालुवामा पल्टियौं

भैरहवा :

भैरहवा–नवलपरासी सडकखण्डमा रात्रिकालिन यात्रुवाहक बस दुर्घटनामा दुईजनाले बसको झ्यालको सिसा फोडेर आफ्नो ज्यान जोगाएका छन् । बसमा ३३ जना सवार थिए । जसमध्ये दुई जना बाराको सिमरा नगरपालिका १३ का १८ वर्षीय रोहन चौधरी र धनुषाको हंसपुर नपा–३ का मुफिद मन्सुरी थिए ।

एक्कासी बस तेस्रो पर्यो र नदीमा खस्यो । निद्रामा रहेका उनीहरुले बस पुलको रेलिङमा ठोक्किएर नदीमा खस्दै गर्दा ब्युँझिए । बस ठूलो आवाजमा नदीमा खस्यो । बसमा रुवाबासी चल्यो । तर, उनीहरुले बसको सिसा फोडे र बाहिर निस्के ।

‘मेरो छेउमा एकजना साथी थियो, उसले र मैले बसको सिसा फोडेर बाहिर निस्क्यौं,’ दुर्घटनामा घाइते भएर भैरहवास्थित भीम अस्पतालमा उपचाररत चौधरीले भने, ‘हामीदुई साथी सिसा फोडेर बाहिर निस्कँदै गर्दा एकजना सानो बालकलाई पनि झ्यालबाट तानेर बाहिर निकाल्यौं।’

उनको खुट्टा र टाउकोमा सामान्य चोट लागेको छ । ‘सिसा फोडेर बाहिर निस्किएपछि शरीरले काम नगरे जस्तो भयो, अनि नदी छेउको बगरमा बालुवामा म, साथी र ती सानो बालक पल्टियौं,’ उनले भने,’ त्यसपछि तत्काल प्रहरी आएर उद्धार गरेर अस्पताल ल्याएको हो ।’

उनले छेउको साथीको नाम भने थाहा नभएको बताए । उनले के–कति कारणले बस दुर्घटना भयो भन्ने जानकारी नभएको जनाए ।

‘बसमा सबैजसो यात्रु सुतेका थिए, त्यसैले के–कति कारणले बस दुर्घटना भयो भन्ने जानकारी भएन । तर, बस खस्दै गर्दा धेरै मानिसहरु चिच्याएका थिए,’ उनले भने । बुटवलको एक ग्यारेजमा काम गर्दै आएका धनुषाका मन्सुरी घरबाट बुटवल जानका लागि आएका हुन् । बसको अन्तिम सिटमा बसेर आएका उनले पनि सिसा फोडेर आफ्नो ज्यान जोगाएको बताए ।swadeshnepal बाट

२०७९ जेष्ठ २२, आईतवार प्रकाशित 1 Minute 797 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार