२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

यति सस्तो छ आजभोली काठमाडौंमा जग्गाको भाऊ ?

उपत्यकामा भूकम्पपछि सुस्त रहेको जग्गाको कारोबार बढ्न थालेको छ। भूकम्पपछिको तीन महिना ठप्प प्राय रहेको उपत्यकामा अहिले जग्गा बिक्रीको चहलपहल सुरु भएको छ।जग्गा व्यवसायीका अनुसार पछिल्लो समयमा टुक्रे जग्गाको कारोबार बढेको छ। ती व्यवसायीका अनुसार तीन महिनाको अवधिमा जग्गाको कारोबार झन्डै दश प्रतिशतले बढेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

तीन महिनादेखि घरजग्गाको कारोबारमा सुधार आएको घरजग्गा व्यवसायी गोपाल राईले बताए। ‘जग्गाको मुल्यमा दस प्रतिशतले वृद्धि भएको छ’,उनले भने,’यसलाई नराम्रो भन्न मिल्दैन।’ उनले ठूला प्लटिङ जग्गाको कारोबारमा भने उल्लेखनीय सुधार हुन नसकेको बताए। जग्गाको कारोबार बढ्नुमा बैंकको ब्याजदर घट्नु प्रमुख कारण छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

पछिल्लो समयमा बैंकहरुले घरजग्गा कर्जा ६.६६ प्रतिशतसम्म झारेका छन्। ब्याज कम भएपछि उपत्यकामा बस्ने कामकाजीहरुले घर निर्माण गर्न थालेपछि टुक्रे जग्गाको भाउ बढेको हो। चर्को भाडाका कारण महिनावारी लाखको हाराहारी कमाउने कामकाजीले घरको विकल्प रोजेकाले जग्गाको कारोबार बढेको छ र मूल्य समेत बढाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

जग्गाको मूल्य काठमाडौंका काठ क्षेत्रमा बढेको छ। मध्यमवर्गीयहरुले ५० लाख रुपैयाँसम्ममा घर निर्माणको विकल्प काठ क्षेत्र भएकोले मूल्यको चाप परेको हो।अर्को काठमाडौंका सबै गाविस नगरपालिकामा परिणत भएकोले समेत जग्गाको मूल्य बढेको हो। गत पुसमा काठमाडौंका सबै ठाउलाई नगरपालिका घोषणा गरेको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

नगरपालिका घोषणा भएपछि जग्गाको कारोबारमा चहलपहल बढेको मालपोत कार्यालय, कलंकीका सुचना अधिकारी प्रेम दाहालले बताए। भुकम्पका कारण ठप्प रहेको जग्गाको कारोबारलाई माथी उकास्न नगरपालिका घोषणाले सहयोग गरेको उनले बताए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ जेष्ठ २२, आईतवार प्रकाशित 0 Minutes 271 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार