२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

काठमाडौका दुई ठाउँमा भीषण आगलागी

काठमाडौं । काठमाडौं महानगरपालिका-४ चण्डोलस्थित बर्दिया मधुवन नगरपालिका-६ घर भएका कुमाल सिह सुनुवारको फर्निचर पसलमा गएराति आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

यसैगरी काठमाडौं, तारकेश्वर नगरपालिका-६ धर्मस्थली सानो बाईपासस्थित सोही नगरपालिका-३ चिसापानी बस्ने नुवाकोट बेलकोटगढी गाउँपालिका-१ घर भएका २६ वर्षीय बिनोद तामाङको इथनिक क्राफ्टमा ग्यास लिक भई शुक्रबार बिहान आगलागी हुँदा करिब २ लाख २६ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

साथै आगलागीमा परी घाइते भएकी उक्त क्राफ्टमा काम गर्ने सोही ठाउँ बस्ने तनहुँ भानु नगरपालिका-५ घर भएका २७ वर्षीया अनु परियारको ग्रिनसिटी मेगा अस्पताल जरङ्खुमा उपचार भइरहेको छ ।

दाङ, गढवा गाउँपालिका-१ डुमईगैरा बस्ने ५० वर्षीय शुक्र बहादुर कुमालको घरमा बिहीबार राति आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बाँके, नरैनापुर गाउँपालिका-४ घोरदौरीया बस्ने ६० वर्षीय बहादुर बन्जाराको कच्ची घरमा बिहीबार दिउँसो अचानक आगलागी भई बस्तीमा फैलिदा ४ जनाको २ वटा घर र २ वटा गोठ पूर्णरूपमा जलेर करिब ३ लाख रूपैयँ बराबरको धनमाल नष्ट भएको छ ।

झापा, दमक नगरपालिका-७ बस्ने ज्ञान बहादुर गुरूङको घरमा सोही ठाउँ बस्ने हरि कटवालको कन्काई सप्लायर्स पसलमा करेन्ट सर्ट भई बिहीबार राति आगलागी हुँदा घरमा आंशिक क्षति भएको तथा पसलमा रहेको रंग र हार्डवयरका सामानहरु जलेर करिब ८० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

२०७९ जेष्ठ २१, शनिबार प्रकाशित 1 Minute 1434 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार