२०७९ भाद्र २ बिहीबार
  • काठमाडौँ

आईतवार सार्वजनिक विदा नदिने निर्णय

काठमाडौं :

जेठ १ गतेदेखि लागु हुनेगरी सरकारले हप्ताको दुई दिन बिदा दिने निर्णय गरेपनि कपिलवस्तुको बाणगंगा नगरपालिकाले आईतवार सार्वजनिक विदा नदिने भएको छ । नगरपालिकाको सभाहलमा भएको बैठकमा नगरप्रमुख चक्रपाणि अर्यालले आईतवार सार्वजनिक विदा नदिने र बाणगंगा नगरपालिका मातहतका सबै कार्यालयहरु खोल्न निर्देशन दिएका छन ।

आर्थिक मसान्त तथा विद्यालयमा हुने पठनपाठनलाई मध्यनजर गरेर पहिलो चरणमा असार मसान्त सम्म आईतवार पनि कार्यालयहरु सञ्चालन गर्न लागिएको मेयर अर्यालले बताए ।

त्यस्तै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले विद्यालयको पाठ्यक्रमको संरचनासमेत ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरूको पठनपाठन र विद्यालयबाट प्रदान गरिने सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएको बताए ।

उनले भने “साबिक बमोजिम नै आइतबार समेत बाणगंगा नगरपालिका मातहतका सबै सेवाहरू सञ्चालनमा रहनेछन् ।’ यसअघि सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको थियो । भिसा लागेको खुसियालीमा भगवानको दर्शन गर्न पुगेका सुनिल मूर्तिकार बनेर फर्किए ।

त्यसैगरि ‘दुई दिनको बिदा मध्ये हप्तामा एक दिन आराम गरेर बाँकी एक दिन घुमघामका लागि निस्कदा ८० लाख मानिसको १० प्रतिशत मात्र हुँदा ८ लाखले आफ्नो घर, टोल भन्दा अन्यत्रको पर्यटकीय तथा मनोरञ्जनात्मक क्षेत्रमा व्यतित गर्न सक्ने अनुमानका आधारमा पनि यो २ दिने बिदा आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोगी बन्ने अनुमान गर्न सकिन्छ,’ प्रतिवेदनमा भनिएको थियो ।

२०७९ जेष्ठ २१, शनिबार प्रकाशित 0 Minutes 491 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार