२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

तारा एयरको विमान दु’र्घ’ट’ना हुनु अगाडी एस्तो भएकाे रहेछ, इएर होस्टेज कृष्मी थापा अन्तिममा एस्तो ठाउँमा भेटिएकी थिइन् (भिडियो सहित)

Photo of admin admin१९ जेष्ठ २०७९, बिहीबार ०१:५८0 150 1 minute read

१९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको ९एन एइटी, डिएचसी-६, ट्विनअटर विमान आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो।

यो विमानका लागि पोखरा-जोमसोम उडान समय १८ मिनेट हो। विमान जोमसोममा १०:१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छदै सम्पर्कविहीन बन्यो।

दु”र्घटना स्थलमा उद्धारका लागि खटिएका प्र”हरी निरीक्षक राजकुमार तामाङका अनुसार दु”र्घटनास्थल निकै अप्ठ्यारो ठाउँमा थियो ।

करिब १३ हजार ५ सय फिटको उचाइको चट्टाने पहरोमा ठो”क्किएपछि खोंचमा खसेको अवस्थामा विमान फेला परेको उनले बताए।

सम्पर्कविहीन भएलगत्तै बाटो बिराएको विमान करिब १३ हजार ५ सय फिटको उचाइको हिमाली खोंचको चट्टाने पहरोमा ठो”क्किन पुग्दा क्षतविक्षत अवस्थामा फेला परेको छ।

विमानमा यात्रा गरिरहेका यात्रु र चालक दलमध्ये २१ जनाको शव फेला परेको छ। एकजना अझै हराइरहेको प्र”हरीले बताएको छ। चट्टानमा ठो”क्किएर खोंचमा विमान खसेकाले उद्धार र श”व निकाल्न कठिनाइ भएको प्र”हरीले बताएको छ। याे खबर आजको नागरिक दैनिकमा छ ।

२०७९ जेष्ठ १९, बिहीबार प्रकाशित 1 Minute 425 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार