२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

पेट्रोलको मूल्य २०२ रुपैयाँ !

काठमाडौं ।

निरन्तरको मूल्यवृद्धिले उपभोक्ता मारमा परिरहेको बेला इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलको मूल्य फेरी बढेर आएको छ। अघिल्लो साता मूल्य बढेर आएपछि नेपाल आयल निगमले मूल्य बढाएको थियो।

आईओसीबाट १ जुनमा प्राप्त मूल्य अनुसार इन्धनको मूल्य थपघट भएको छ। निगमका अनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा, मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ। तर, डिजेलको मूल्य भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ।

नयाँ मूल्य अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा र डिजेलमा १९ रुपैयाँ ७३ पैसा घाटा रहेको छ। पेट्रोलको लागत मूल्य प्रतिलिटर मूल्य २ सय २ रुपैयाँ ९३पैसा, डिजेलको प्रतिलिटर १ सय ८२ रुपैयाँ ७३ पैसा रहेको छ।

अहिले निगमले पेट्रोल लिटर १ सय ८० र डिजेल लिटरको १ सय ६३ रुपैयाँमा बिक्री गरिरहेको छ। आईओसीले हरेक १५–१५ दिनमा नयाँ मूल्य पठाउने गर्छ। आईओसीबाट आएको मूल्यका आधारमा नेपाल आयल निगमले मूल्य निर्धारण गर्छ।

पेट्रोल, मट्टितेलको मूल्य वृद्धि, डिजेलको मूल्य घटे पनि निगमलाई अझै १५ दिनमै ३ अर्ब ७ करोड घाटा रहेको निगमका सह–प्रवक्ता पुस्कर कार्कीले बताए। ग्यासमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ घटेर आए पनि ग्यासमा प्रतिसिलिन्डर ७ सय ५१ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

YOU MAY LIKE

२०७९ जेष्ठ १९, बिहीबार प्रकाशित 1 Minute 434 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार