२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

हतियारसहित २२ अमेरिकी सेना सुटुक्क काठमाडौंमा

काठमाडौं । आफ्नो तीनदिने भ्रमण सकाएर चिनियाँ विदेशमन्त्री वाङ यी गत आइतबार नेपालबाट बिदा भए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

संयोग कस्तो भने उनी भ्रमण सकाएर फर्किएको ठीक दुई दिनपछि नै ०७८ चैत १६ गते अमेरिकी सेनाको एक टुकडी सुटुक्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

अमेरिकी सेना अन्य केही प्रयोजनका निम्ति नभएर नेपाली सेनासँग संयुक्त रूपमा सञ्चालन हुने ब्यालेन्स नेल २२–५५२० मा सहभागी हुन नेपाल आएको हो । याे टोलीमा अमेरिकी सेनाका विभिन्न दर्ताका २२ सैनिक सहभागी छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

ब्यालेन्स नेल नेपाली सेना र अमेरिकी सेनाबीच हुने संयुक्त सैन्य तालिम हो । केही वर्ष अघिदेखि जोडिएको यो सम्बन्ध जारी छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले हरेक वर्ष सञ्चालन हुने यो तालिमका लागि अमेरिकी सेनाको एक टोली चैत १६ गते नेपाल आएको जानकारी दिए । नियमित प्रक्रिया भए पनि नेपाली सेनाले यसलाई योपालि सार्वजनिक भने गरेकाे छैन ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

रक्षा मन्त्रालय स्रोतका अनुसार, नेपाली सेना र अमेरिकी सेनाबीचको यो तालिम चैत १६ गतेबाट नै शुभारम्भ भइसकेको छ । तथापि, तालिम सञ्चालन गरिएको स्थानबारे भने गोप्य राखिएको छ । नेपाली सेनाका प्रवक्ता सिलवालले यसबारे आफू ‘अपडेट’ हुन बाँकी रहेको बताए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

तालिम झण्डै एक महिना अर्थात् आगामी वैशाख १६ सम्म सञ्चालन हुनेछ । तालिममा सहभागी हुन अाएकाे अमेरिकी सेनाको टोलीले हतियार, एम्युनिसन, मिलापका साधन तथा आवश्यक अन्य सामग्री साथमै लिएर आएका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

नेपाली सेनाको नीति तथा योजना निर्देशनालय व्यवस्था, नीति तथा योजना विभागले तालिमबारे जानकारी गराउँदै अमेरिकी सेना र तिनले ल्याउने सामग्रीलाई अनुमति दिन रक्षा मन्त्रालयलाई अनुरोध गरेको थियो । रक्षाले सचिवस्तरीय निर्णयबाट ती सामग्री ल्याउन अनुमति दिएकाे पाइएकाे छ । रक्षाले अनुमति प्रदान गर्दै गृह, परराष्ट्र, अर्थ, संस्कृति तथा पर्यटन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई जानकारी गराएको थियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२०७९ जेष्ठ १८, बुधबार प्रकाशित 0 Minutes 250 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार