२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

काठमाडौंका मतदाता मात्र हैन भाडामा बस्नेहरु समेत खुसी हुने गरि गरे बालेन साहले यस्तो निर्णय

काठमाडौंं महानगरपालिका अहिले चर्चाको केन्द्रमा छ । यहाँ आशालाग्दा बनेर स्वतन्त्र मेयरको ईन्ट्री भएपछि झनै आशा लाग्दा निर्णयहरु सार्वजनिक हुन थालेका हुन् । काठमाडौंका मतदाताले बालेनलाई जिताएर सही निर्णय गरेको भन्दै अहिले उनीहरुको प्रशंसा भइरहेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला????****

यसैबीच, बालेनले यहाँका मतदाता मात्रै होईन् यहाँ घरभाडामा बस्नेहरुलाई समेत फाइदा पुग्ने निर्णय गरेका छन् । काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिकाको बैठकले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय प्रयोग गर्ने निर्णय पारित गरेको छ ।

यो निर्णयले सार्वजनिक शौचालय नपाएर छटपटाउनुपर्ने काडमाडौं महानगरका स्थायी र अस्थायी बासिन्दाहरुलाई ठूलो राहत हुने विश्वास गरिएको छ ।सोमबार नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ ग्रहण गरेपछि अपराह्नमा कार्यपालिकाको बैठक बसेको थियो। सो बैठकले सार्वजनिक शौचालयको रूपमा रेष्टुरेन्टहरूको शौचालय प्रयोग गर्न सकिने निर्णय गरेको हो। मेयर बालेन शाहले प्रस्ताव गरेका थिए।

‘हिजो रेष्टुरेन्ट व्यवसायीहरूसँग कुराकानी गरेका थियौं। हामीसँग चिकेन स्टेशन, बर्गर स्टेशन, एवानका प्रतिनिधिहरूसँग कुरा गर्दा हामीले तपाईंहरूको रेष्टुरेन्ट बाहिर एटिएमको जस्तो बत्ती जडान गरिदिने र शौचालय निःशुल्क गर्ने,’ उनले भने, ‘रेष्टुरेन्ट खोलेपछि व्यापार मात्रै नभएर सेवा पनि हो भन्ने हिसाबले त्यो लगाउँछौं।

महानगरले सर्टिफाइ गरिदिन्छ।उनले शौचालयहरू पनि बनाउने तर हाललाई यसरी पनि प्रयोग गर्ने बताए। यसरी शौचालय प्रयोग गर्न दिने रेष्टुरेन्टहरूलाई के सुविधा प्रदान गर्ने भन्नेबारेमा निर्णय भइसकेको छैन।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला????****

२०७९ जेष्ठ १७, मंगलवार प्रकाशित 0 Minutes 268 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार