२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

दुर्घटनाको प्रारम्भिक कारण खुल्यो : ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गर्दा…

खराब मौसमका कारण तारा एअरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एअरको विमान दुर्घटना भएको जानकारी दिनुभयो ।

संसद्को अन्तर्राष्ट्रिय समितिको आज सोमवारको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण (राईट टर्न) गर्नुपर्ने जहाजले (लेफ्ट टर्न) गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताउनुभयो ।

घटनाको जाँच–बुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यरतथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले विश्वास दिलाउनुभयो । घटनास्थल जोमसोम विमानस्थलबाट आठ नटिकल माइल दुरीमा पर्छ । त्यो विमान मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भन्ने भिरमा ठोक्किएर दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो ।

विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको निधन भएको छ । पोखराबाट आइतवार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान १० बजेर ७ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

पाँच वटा हेलिकोप्टरले आइतवार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि आज बिहानै परिचालन भएको संयत्रबाट दुर्घटनाग्रस्त जहाज भेटिएको थियो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२०७९ जेष्ठ १७, मंगलवार प्रकाशित 0 Minutes 1001 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार