२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

नायिकासँग आक्रोशित भिडले कबड्डी ४ फिल्मको पोष्टर जलायो

काठमाडौं । प्रदर्शनमै रहेको चलचित्र ‘कबड्डी ४’ की नायिका मिरुना मगरले निर्दोष व्याक्तिलाई फसाउन खोजेको भन्दै चलचित्र प्रदर्शन स्थलमा नायिकाको विरोध गरिएको छ । नायिकाको कारणले फिल्मलाई समेत असर पर्नेगरि चुच्चेपाटीको केएल टावर अगाडि केही युवाहरूले फिल्मको पोष्टरसमेत जलाएका छन् ।

प्रदर्शनमा उत्रेकाहरूले पक्राउ परेका बौद्ध भिक्षुलाई बिनाशर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेका छन् । उनीहरूले अन्यथा ‘कबड्डी ४’ बहिष्कार गर्ने चेतावनी समेत दिएका थिए ।

मिरुनाले आफूमाथि ब्याड टच गरेको भन्दै तामाङ थरका युवालाई प्रहरीको जिम्मा लगाएकी थिइन् । उनीविरुद्ध प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । तर, चौतर्फी विरोधपछि उनलाई छाड्ने तयारी गरिएको छ ।

२०७९ जेष्ठ १७, मंगलवार प्रकाशित 0 Minutes 176 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार