२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

नायिका मिरुनाले दर्शकलाई हानिन् थप्पड

काठमाडौं । अहिले हलमा सफलताका साथ प्रदर्शन भइरहेको कबड्डी ४ की नायिका मिरुना मगरले एक दर्शकलाई आफूमाथि ‘दु.र्व्यवहार’ गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी छन् ।तामाङ थरका ती दर्शकले आफूलाई नियतवस पिठ्यूमा छोएको मगरको आ.रोप छ ।सिभिल मलको सातौं तल्लामा रहेको कफी सपमा हिजो दिउँसो अढाइ बजे सो घटना भएको थियो । तामाङले आफूलाई दु.र्व्यवहार गरेको भन्दै मिरुनाले उनलाई गालामा थप्पड हानेकी थिइन्।

 

त्यसपछि तामाङले सबैको अगाडि माफी मागे । तर, मिरुनाले माफी दिइनन् । उनले न्युरोडस्थित महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरीलाई खबर गरिन् । त्यहाँबाट आएका प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको छ ।तामाङ अहिले पनि प्रहरी हिरासतमै छन् । तर, मिरुनाले उनीविरुद्ध जाहेरी दिएकी छैनन् । यदि मिरुनाले जाहेरी दिएमा म्याद थप गरिने नत्र आजै छाड्ने तयारी भएको प्रहरी स्रोतको भनाइ छ ।काठमाडौं प्रहरीका प्रवक्ता दिनेश मैनालीले चलचित्रकी एक महिला कलाकारले आफूमाथि दु.र्व्यवहार गरेको भनेर मौखिक उजुरी गरेपछि एक पुरुषलाई नियन्त्रणमा लिइएको बताए ।

 

रामपुरलाई नयाँ सहरको रुपमा विकास गरिने
रामपुर (पाल्पा), १६ जेठ ।सरकारले पाल्पाको रामपुरलाई नयाँ सहरको रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको वजेट वक्तव्यमा रामपुरलाई नयाँ सहरका रुपमा विकास गर्ने जनाइएको हो । रामपुर सहरलाई नेपालको मौलिकशैली र विशेषता झल्कने संरचनासहितको नयाँ सहरको रुपमा विकास गर्न अध्ययन गरिने अर्थमन्त्री शर्माले बताउनुभएको हो । केन्द्रीय कार्यक्रमको बजेटमा रामपुरलाई सम्बोधन गर्दै नयाँ सहरको रुपमा विकास गर्ने कार्यक्रमले यहाँका स्थानीयवासीमा खुसीयाली छाएको छ ।

 

कालीगण्डकी नदी र यसको करिडोरसँग जोडिएको रामपुर भौगोलिक हिसाबले केही भाग डाँडाभेग र समथरभूमि रहेको रमणीय ठाउँ हो । पछिल्लो समय रामपुरमा पूर्वाधार विकासका काम अगाडि बढ्दै गर्दा पर्यटकीयस्थल बन्दै गएको छ । नेपाल सरकारले २०७१ वैशाख २५ गते घोषणा गरेको ७२ वटा नगरपालिकामध्येको एक विविध सम्भावना बोकेको र भौगोलिक हिसाबले ठूलो नगरपालिका पनि हो । साविकका गाँैडाकोट, दर्छा, खालीवन, रामपुर र गेझा गाविस समेटिएको यस नगरमा दश वटा वडा रहेका छन् ।

 

जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा पर्ने यस नगरपालिका १२३ दशलमव ५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । २०७६ मा नगरद्वारा गरिएको घरधुरी सर्वेक्षण अनुसार करिब ४२ हजार जनसङ्ख्या भए पनि विभिन्न पेसा तथा व्यवसाय गरी बसोबास गर्नेको करिब ६० हजार रहेको अनुमान छ ।

यहाँ विभिन्न समुदायको बसोबास रहेको छ । विविध भाषाभाषी, रहनसहन, ऐतिहासिक तथा धार्मिक, पर्यटनका हिसाबले रामपुर नगरलाई नमूना सहरका रुपमा विकास गर्ने नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । बजेट भाषणमार्फत आगामी आर्थिक वर्षको कार्यक्रममा पाल्पा बुटवल सडकखण्डअन्तर्गत सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माण कार्य सुरु गरिने समावेश गरिएको छ ।

 

यस्तै नीजि क्षेत्रमार्फत चितवन रामपुर बुटवल र चितवन–रामपुर–पोखरा दु्रतमार्ग बनाउन लगानी बोर्डमार्फत प्रक्रिया थाल्ने बजेटमा उल्लेख छ । कालीगण्डकी तिनाउँ डाइभर्सन आयोजनाको अध्ययन अगाडि बढाइने जनाइएको छ । सरकारले कालीगण्डकी करिडोर, कोसी करिडोर, कर्णाली करिडोरलाई रु चार अर्ब बजेट छुट्टाइएको छ । पाल्पामा मौसमी राडार जडान गर्नेलगायतका कार्यक्रम आगामी आर्थिक वर्षका लागि समावेश गरिएको छ

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित 1 Minute 305 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार