२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

लाइसेन्स प्राप्त व्यक्तिले मात्र घरजग्गा कारोबार गर्न पाउने

काठमाडौं । सरकारले घरजग्गा कारोबारमा कडाई गर्ने भएको छ । घरजग्गाको कारोबार लाइसेन्स प्राप्त व्यक्तिले मात्र गर्न पाउने व्यवस्था सरकारले आगामी आर्थिक वर्ष २०७९\८० बाट सुरु गर्न लागेको हो ।

 

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा आगामी आर्थिक वर्ष २०७९\८० को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।

‘घर जग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन आधिकारिक निकायबाट अनुमति प्राप्त व्यक्ति र कम्पनीले मात्र घरजग्गा कारोबार गर्न पाउने आवश्यक प्रबन्ध गरिने छ,’ मन्त्री शर्माले भने ।

 

आगामी आर्थिक वर्षबाट महानगरपालिका र उपमहानगरपालिकामा सो व्यवस्था कार्यन्वयन गरी क्रमसः सबै स्थानीय तहमा लागु गरिने उनले जनाए ।वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्ने अविवाहितहरुले मात्र १ प्रतिशत कर तिरे हुने ? विबाहितहरुको हकमा के छ ?
काठमाडौं १५ जेठ ।

सरकारले मध्यमवर्गीय परिवारलाई केही राहत दिने गरी आयकरको सीमा बढाएको छ ।जसमा अविवाहितको हकमा वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्नेहरुले मात्र १ प्रतिशत सामाजिक सुरक्षा कर तिरेमा आयकर तिर्न नपर्ने भएको छ ।

विवाहितको हकमा आयकरको सीमा ६ लाख पुगेको पुगेको छ । साथै, सो भन्दा माथिको हकमा भने आयकर ऐनले तोके अनुसार नै कर व्यलस्था गरिएको अर्थमन्त्री जर्नादन शर्माले बताएका छन् । दम्पत्तिको हकमा भने यस्तो करको सीमा ४ लाख ५० हजार रहेको शर्माले बताएका छन् ।

त्यस्तै आर्थिक वर्ष ०७९र८०को बजेट आएसँगै कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले बृद्धि भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार आगामी आर्थिक वर्ष ०७९र८०को बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको र नयाँ तलब भत्ता साउन १ गतेबाट लागू हुने बताए ।

 

 

यसअघि ओली सरकारले २ हजार रुपैयाँमात्रै वृद्धि गरेकोमा यसपटक १५ प्रतिशतले तलब भत्ता वृद्धि गर्दै कर्मचारीहरुलाई खुशी बनाउने काम गरेको छ ।यसअघि पाउँदै आएको तलब स्केलको १५ प्रतिशत तलब वृद्धि हुँदा अब नेपाल सरकारका मुख्यसचिवको तलब १० हजार ७१ रुपैयाँले बढ्दा सचिवहरुको तलबमा ९ हजार ३९० रुपैयाँ वृद्धि भएको छ ।

 

त्यस्तै शाखा अधिकृतको तलबमा ५ हजार ६९८ रुपैयाँ वृद्धि भएको छ । वृद्धि भएपछि अब ग्रेडदरबाहेक सहसचिवले ५६ हजार ७८७, उपसचिवले ४८ हजार ७३७ र शाखा अधिकृतले ४३ हजार ६८८ रुपैयाँ पाउनेछन् भने राजपत्र अनंकित प्रथम श्रेणीका कर्मचारीको तलबमा ४ हजार ५३० रुपैयाँ, द्वितीय श्रेणीको ४ हजार २९१, तृतीय श्रेणीको ३ हजार ६०१ र चतुर्थ श्रेणीको ३ हजार ४०२ रुपैयाँ तलब वृद्धि भएको छ ।

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित 1 Minute 145 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार