२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

BREAKING NEWS…तारा एयरको जहाज मुस्ताङको ल्याङकुखोलामा यस्तो अवस्थामा भेटियो

BREAKING NEWS…तारा एयरको जहाज मुस्ताङको ल्याङकुखोलामा यस्तो अवस्थामा भेटियो

आइतबारबाट हराइरहेको तारा एयरको जहाज दूर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । जहाज मुस्ताङको ल्याङकुखोलाको मुहानमा भेटिएको हो ।

नेपाली सेनाको मध्यकमाण्डका कमाण्डर उपरथी बावुराम श्रेष्ठले जहाज ल्याङकुखोलामा दूर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिए । उनले स्थलमार्गबाट गएको टोलीले जहाज दूर्घटनाग्रस्त अवस्थामा भेटेको बताए । नेपाली सेनाको एम आई-१७ हेलिकोप्टर अहिले त्यसतर्फ गइरहेको छ ।

पोखराबाट जोमसोमका लागि आइतबार उडेको तारा एयरको जहाजमा १३ नेपाली, ४ भारतिय र २ जर्मन नागरिक थिए । जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए ।

‘स्थानीय शेर्पाहरुले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका छन्,’ नेपाली सेनाका प्रवक्ता सिलवालले अनलाइनखबरसँग भने, ‘त्यहाँसम्म हाम्रो टोली पुग्ने प्रयासमा छ ।’

हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी कल साइन भएको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको थियो । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए । हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।

२०७९ जेष्ठ १६, सोमबार प्रकाशित 1 Minute 299 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार