
काठमाडौँ — हराइरहेको ताराको ट्वि`नअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।
जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा ट्विवनअटर खोज्न गइरहेको बेलामा खोजी तथा उद्धार टोलीले विमान दुर्घ`टना स्थल फेला पारेका हुन् । यसबारेमा थप विवरण आउन बाँकी छ ।
आइतबार बिहान देखि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर खोज्न सोमबार बिहान देखि नेपाली सेना र प्रहरीको टोली प्ररिचालित भएका थिए ।
आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर खोज्न सोमबार बिहानदेखि नेपाली सेना र प्रहरीको टोली प्रयासरत थिए । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार जोमसोमबाट नेपाली सेनाको टोली हेलिकोप्टरमार्फत सम्भावित क्षेत्रमा टुइनअटर खोज्न गइरहेको छ ।
जोमसोमका लागि आइतबार बिहान १९ यात्रु बोकेर पोखराबाट उडेपछि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर विमान जोमसोम विमानस्थल भन्दा ६ किलोमिटर वर दुर्घटनमा परेको आंशका गरिएको छ ।
नागरिक उड्डयन प्राधिकरणद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो घटनाका लागि स्थापना गरिएको खोज तथा उद्धार समन्वय केन्द्रलाई आइतबार साँझ साढे ६ बजे प्राप्त स्याटेलाइट इमेजले ताराको जहाज जोमसोम विमानस्थल भन्दा ६ किलोमिटर वर ठोक्किएको देखाएको एक उच्च अधिकारीले कान्तिपुरलाई बताएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।