२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

बालेनले एक दिनमै गरेर देखाइदिए विद्यासुन्दर शाक्यले पाँच बर्षमा गर्न नसकेको काम

काठमाडौँ – नेकपा एमालेबाट निर्वाचित निवर्तमान मेयर विद्यासुन्दर शाक्यले पाँच बर्षमा गर्न नसकेको काम नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले गरेर देखाइदिएका छन् । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापनका लागि काम थालेका छन् ।

 

 

उनी निर्वाचित भएकै दिन फोहोर व्यवस्थापन सम्बन्धि जानकारी लिन नुवाकोटस्थित ओखर पौवाको डम्पिङ क्षेत्र गुगेका छन् । चुनावी अभियानमा रहँदा उनी सधैँ कालो चस्मामा देखिँदै आएका थिए । ओखर पौवा पुगेर चस्मा खोलेका छन् ।

चस्मा लगाउँदा बास्तविक दृष्य नआउने भएकाले उनले चस्मा खोलेका हुन् । तर ओखर पौवाको डम्पिङ क्षेत्र पुग्दा चुनावी अभियानमा जस्तै टिसर्टमाथि कोट भने लगाएका थिए ।

 

 

काठमाडौंको मेयरको शपथग्रहण गरेकै दिन धन्यवाद जुलुस सकेर शुक्रबार अपरान्ह उनी ओखरपौवाको डम्पिङ क्षेत्रको अनुगमन गर्न पुगेका हुन् । त्यसक्रममा मेयर साहले स्थानीयको माग सम्बोधन गरेर जाने र त्यसका लागि योजना पनि बनाइसकेको जानकारी गराएका थिए ।

शाहको भानाई पछि ओखर पौवाका जनता खुशी भएका थिए । शाहले बनाएको कार्ययोजना अनुसार अब काठमाडौँको फोहरको व्यवस्थापन हुनेछ । शाहको पहिलो कामनै फोहोर व्यवस्थापनको हुने बताइएको छ ।

२०७९ जेष्ठ १४, शनिबार प्रकाशित 1 Minute 516 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार