२०७९ श्रावण २३ सोमबार
  • काठमाडौँ

आजदेखि बिदेशबाट यी १० प्रकारका सामान ल्याउन नपाउने (सूचीसहित)

सरकारले विभिन्न १० प्रकारका सामग्रीको आयातामा पूर्णत रोक लगाएको छ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीको आयातमा रोक लगाउने भएको हो। सरकारले मदिरा, चुरोट, मोबाइल सेटसहित १० प्रकारका सामाग्रीलाई नेपाल भित्राउन बन्देज लगाएको छ ।

 

 

अब देखि व्यक्तिगत प्रायोजनमा मदिरा विदेशबाट ल्याउन पाइने छैन । ड्युटी फ्रिबाट समेत मदिरा भित्राउन रोक लगाइने भएको छ ।चुरोट तथा सुर्तिजन्य वस्तु पनि नेपाल भित्राउन बन्देज गरिएको छ । तर, कच्चा पद्धार्थ ल्याउन भने छुट छ । हीराको औद्योगिक कच्चा पदार्थ ल्याउन छुट गरिएपनि तयारी हिरा ल्याउन बन्देज लगाइएको छ ।

 

कुनै पनि प्रकारका मोबाइल सेट, ३२ इञ्च माथिका रंगिन टेलिभिजन, जीप, कार र भ्यानहरु, २५० सीसी भन्दा माथिल्ला क्षमताका मोटरसाइकल, खेलौनाहरु र खेल्ने तास व्यक्तिगत प्रायोजनका लागि ल्याउन बन्देज गरिएको छ । विदेश गएका नेपालीहरुले यस्ता सामाग्री ल्याउँदा देशको पैसा विदेशिएको र राजश्व समेत घाटा परेको भन्दै सरकारले नयाँ नीति ल्याएको हो । यसअघि सरकारले विदेशबाट व्यक्तिगत प्रायोजनका लागि सुन ल्याउन बन्देज गरिसकेको छ ।

 

 

मन्त्रालयले कुटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैं पैठारी गर्न पाउने बताएको छ। यस्तै, बैशाख १३ भन्दा अगाडि बैकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा यो नियम लागू हुनेछैन ।

 

 

रोक लगाइएका सामग्रीहरू:
१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु २. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थ बाहेक)३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक)
४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)५. ६०० अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट६. ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन
७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन बाहेक)८. २५० सिसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल ९. सबै प्रकारका खेलौना१०. खेल्ने तास

२०७९ जेष्ठ १४, शनिबार प्रकाशित 1 Minute 388 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार