२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

मृतक सुनिताको संगै घर जोडिएको छिमिकीको डरलाग्दो खुलासा(भिडियो)

मृतक सुनिताको संगै घर जोडिएको छिमिकीको डरलाग्दो खुलासा हिजो हामि भेटेका थियौ तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली घरमूली दिनेश पाण्डेले पत्नी र दुई छोराछोरीको च क्कु ले हा नेर ज्यान लिएपछि आफू झु ण्डिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटनास्थलमा पुगेको महानगरीय प्रहरी परिसरको टोलीले घरभित्र अनुसन्धानका क्रममा घरमूली दिनेशले खा टमा सुतेका दुवै छोराछोरी र श्रीमतीमाथि च क्कु हानेका थिए। तीनैजनाको च क्कुले हानेर ज्यान लिएपछि उनले अर्को कोठामा गएर झुन्डिएर आ त्मह त्या गरेको प्रहरीले जनाएको छ।

सोमबार बिहान प्रहरी र स्थानीयबासीले ढोका फोरेर भित्र गएका थिए। घरभित्र ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे छोरी १३ वर्षीया आशिका पाण्डे र ८ वर्षीय छोरा आशिक पाण्डे मृ त फेला परेका थिए।

पाण्डे परिवारले आइतवार साँझ मात्रै छिमेकीकहाँ घर गएर खाना खाएका थिए। तर सोमबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीय र प्रहरी त्यहाँ पुगेका थिए।प्रहरीले मूलढोका फोडेर हेर्दा छोराछोरीमाथि खाटमा सुतिरहेकै बेला चक्कु हानिएको पाइएको छ। दुवै छोराछोरीको श व रग ताम्य अवस्थामा खाटमै भेटिएको हो।

अर्कातिर श्रीमतीको श व भने भुइँमा लडेको अवस्थामा पाइएको छ। उनको शरीरका दर्जनौँ स्थानमा चक्कु हानिएको छ।गोरखाको भीमसेन थापा गाउँपालिका-६ का आश्राङका स्थायी बासिन्दा उनीहरु तारकेश्वर नगरपालिका २ मा पनि घर बनाएर बस्दै आएका थिए।

(भिडियो)

२०७९ श्रावण १९, बिहीबार प्रकाशित 1 Minute 493 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार