२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

मृतक दिनेश पाण्डेको जरंखु बस्ने एक महिला सँग अनैतिक सम्बन्ध,माइती पक्षले जरंखु बस्ने एक महिलाको घटनामा संलग्नता रहेको आरोप!

काठमाडौंको तारकेश्वर नगरपालिका–२ मा सोमबार भएको बीभत्स घटना हत्यापछिको आ`त्मह`त्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरुले दिनेश पाण्डेले आफ्ना सन्तान र पत्नीको हत्यापछि आत्महत्या गरेको निष्कर्ष निकालेका हुन् ।

घटनास्थल बाट प्रहरीले १० पेज लामो सुसाइड नोट पनि बरामद गरेको थियो । सुसाइड नोटमा दिनेशले पत्नी सुनिताका दाजुभाइले आफ्नो परिवार सखाप बनाएको आरोप लगाएका छन् । ११ वर्ष कुवेतमा बसेर ४ वर्षअघि उनी स्वदेश फर्केका थिए ।

खाडी मुलुकमा चर्को घाममा पसिना बगाएर फर्केको, तर श्रीमती र ससुराली पक्षले सम्पत्ति हडप्न विभिन्न आरोप लगाउने गरेको उनले सुसाइड नोटमा लेखेका छन् । सुसाइड नोटमा दिनेशले पत्नी लाई ‘प्रिय सुनिता’ सम्बोधन गरेका छन् ।

 

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार माइती पक्षका दाजु–भाइको आडमा आफूलाई हेपेको भनेर दिनेशले ‘बदला’को भावना साँचेको सुसाइड नोटमा देखिन्छ । सुनिताले आफ्नो मोबाइल पतिलाई छुन नदिने र शौचालय जाँदा पनि सँगै लैजाने गरेको सुसाइड नोटमा उल्लेख छ ।

एक अनुसन्धान अधिकृत भन्छन्, ‘उनले सोमबार राति लामो समयपछि उकुसमुकुस मनोभावहरु पत्रमा पोखेका थिए ।’ सुरुआती पानाहरु हेर्दा उनले आफूमात्रै आत्महत्या गर्न खोजेको हुनसक्ने देखिने उनी बताउँछन् ।

उता माइती पक्षले भने मृ`तक दिनेश पाण्डेसँग जरंखु बस्ने एक महिलाको घट`नामा संलग्नता रहेको आरोप लगाएका छन् । ती महिला मृतक दिनेशकी नाता पर्ने माइती पक्षको भनाई छ ।ती महिला माथि अनुसन्धान गर्नु पर्ने माइती पक्षको अडानले शव उठ्न दिएका थिएनन । ‘आरोपित महिलामाथि अनुसन्धान गर्ने सहमति भएपछि शव उठेको थियो । आरोपित महिला तारकेश्वरको जरंखु निवासी हुन् ।

मृत अवस्थामा भेटिएका दिनेशसँग ती महिलाको अनैतिक सम्बन्ध रहेको माइती पक्षको आरोप छ,’ तारकेश्वर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राधाकृष्ण खड्कीले बताए ।

२०७९ श्रावण १९, बिहीबार प्रकाशित 1 Minute 746 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार