२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

भारतिय हिरोलाई काठमाडाैँमा भेट्दा नेपाली युवतीहरुको रूवाबासी (भिडियोसहित)

भारतका कलाकारहरुको नेपालमा कुन हदसम्म क्रेज छ भन्ने बुझ्न बलिउड अभिनेता हर्षवर्धन राणेको नेपाल भ्रमण निकाल्दा मात्र पनि पुग्छ ।

साथीको रिसेप्सन पार्टीमा सहभागी हुन उनी बिहीवार काठमाडौं आएका हुन् । शनिवार पार्टीमा सहभागी हुने क्रममा हर्षवर्धनले नेपालीहरुसँग ‘साइँली रे साइँली रे’ गीतमा नृत्य पनि गरेका थिए ।

आइतवार उनले बसन्तपुर क्षेत्रको अवलोकन गरे । त्यहाँ उनले नेवारी परिकारको स्वाद लिएका थिए भने उनीसँग फोटो खिच्नेको ताँती नै लागेको थियो । यसैक्रममा, सोमवार

लाजिम्पाटको त्रिसरा रेस्टुरेन्टले उनीसँग भेटघाट कार्यक्रम राखेको थियो । उनले आफू उक्त रेस्टुरेन्टमा साढे ५ बजे जान लागेको इन्स्टामार्फत् जानकारी गराएपछि ठूलो संख्यामा युवतीहरु जम्मा भएका थिए ।

हर्षले इन्स्टामा पोस्ट गरेको एक भिडियोमा उनलाई युवतीहरुले घेरेका छन् । उनीसँग अटोग्राफ लिन र फोटो खिच्न युवतीहरुबीच तछाडमछाड नै चलेको देखिन्छ ।

उनलाई देखेपछि केही युवतीहरुले आँशु थाम्न पनि सकेका छैनन् । भिडियोमा एक युवती हर्षलाई अंकमाल गर्दा थरथरी कापेको देख्न सकिन्छ । उनले पनि आफ्ना नेपाली फ्यानहरुसँग सेल्फी खिच्दै अघाध प्रेम दर्शाए ।

हर्षवर्धनले नेपालमा आफूलाई मिलेको प्रेमप्रति कृतज्ञता व्यक्त गरेका छन् । सन् २०१६ मा आएको फिल्म ‘सनम तेरी कसम’बाट भारतसँगै नेपालमा पनि ठूलो क्रेज बनाएका उनी सम्भवतः पहिलो पटक नेपाल आएका हुन् ।

उनी नेपाल आउनु र उनी अभिनीत फिल्म ‘सनम तेरी कसम’ नेपालको यूट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा उक्लनु एकैचोटी परेको छ ।
भिडियो हेर्न यहाँ क्लिक गराैँ

२०७९ श्रावण १९, बिहीबार प्रकाशित 0 Minutes 699 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार