२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

भर्खरै सप्तकोशीको बाध फुट्यो

उदयपुर ।

अविरल वर्षासँगै सप्तकोसीको बहाब उच्च रहँदा बाँध फुटेर उदयपुरका ठूलो बस्ति जोखिममा परेको छ ।पानीकाे बहाब बढ्दा उदयपुरको बेलका नगरपालिका – ८ लाहुरे खोच डुम्रीबोटमा पर्ने सप्तकोसीको बाँध फुटेको हो ।

उक्त बाँध फुट्दा करिब ४ हजार घर परिवार बाढीको उच्च जोखिममा परेका छन् । बुधबार बिहान बाँध फुटेको बताइएको छ ।अहिले जिल्लाको बेलका नगरपालिका – २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका – ५ डुबानमा परेका छन्। नगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न थालेको छ।

बेलका नगरपालिकाका मेयर अशोक कार्कीले प्रभावित बस्तीबाट स्थानीयबासीलाई सार्ने काम भइरहेको जानकारी दिए। नदीको बाँध फुटेर गाउँ पस्दा भएको क्षतिबारे पूरै तथ्यांक आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए।

यहाँ सोमबार देखि नै बाढीको उच्च जोखिम रहेकाले स्थानीयलाई बस्ती छोड्न माइकिङ गरिएको यादवले बताए । बाँधबारे पहिल्यै जानकारी गराइएकाले मानवीय क्षति नहुने आशा गरिएको गरेको र आफू पनि प्रभावित क्षेत्र जाँदै गरेको उनको भनाइ छ ।

सो क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको बताइएको छ ।प्रमुख जिल्ला अधिकारी यादवका अनुसार कोसीको पूरै भंगालो भने बस्तीमा पसेको होइन । बाढी ओभरफलो भएको पानी बस्ती पसेको हो ।

सो फ्लोलाई कम गराउन सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत् कोशी ब्यारेजका अन्य ढोका खोल्न पनि आग्रह गरिएको उनले बताए । यद्यपि कटान हुँदा नदीको बहाब उँतिर सोझिँदा नदीले पश्चिम क्षेत्रमा धार बदलेको यादवले बताए ।

जसका कारण बेलका नगरपालिका ४ वडाका दर्जन बढी गाउँका बासिन्दा उच्च जोखिममा परेका छन् । बाढील करिब ४ हजार घर परिवार उच्च जोखिममा रहेको यादवको भनाइ छ ।

२०४५ सालदेखि कोशी पूर्वतिरबाट बग्न थालेपछि अहिले कोशी पसेको क्षेत्रमा बस्ती बसेको थियो। ३४ वर्षपछि कोशीले आफ्नो पुरानै बाटो समातेको हो। तर, यसका कारण सैयौँ परिवार विस्थापित हुने देखिएको छ।

कोशीको मूल भँगालो बस्तीतिर जान थालेपछि उदयपुर मात्र होइन, सुनसरी र सप्तरीका केही बस्तीसमेत डुबानमा पर्नेछन्। मूल भँगालो पसिनसकेकाले अहिले क्षति हुन पाएको छैन।

तर, कटान नरोकिएकाले आज दिनभरीमा मूल भँगालो पिन पस्न सक्ने देखेको स्थानीय राजेश भट्टराईले बताए। मेयर कार्कीले बेलका नगरपालिकामा ठूलो विपत्ति आउन थालेको भन्दै धनजनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा अनुरोध गरेका छन्।

२०७९ श्रावण १८, बुधबार प्रकाशित 0 Minutes 1549 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार