२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

काब्रेस्थली घ’ट’ना : मृ’त’क’की आमा रूँ’दै मिडियामा आफ्नै भाउजुसंग लागेर श्रीमानले गरे श्रीमती सहित दुई सन्तानको पाप (भिडियो सहित)

सोमबार बिहान काठमाडौँको तारकेश्वको एक तले घर बनाएर बसेका पाण्डे परिवारका चारै जनाको शव फेला पर्‍यो। बिहानै विद्यालय जानुपर्ने १३ वर्षकी बालिका नआएपछि घरमा बोलाउन गएका छिमेकीले शङ्का लागेर प्रहरीलाई बोलाएका थिए। प्रहरी घरभित्र जाँदा ४१ वर्षका दिनेश पाण्डे, ३९ वर्षकी सुनिता पाण्डे, १३ वर्षकी छोरी अनि ८ वर्षका छोराको शव फेला पर्‍यो।

मृतक सबैको शरीरमा धारिलो हतियारले पटक-पटक प्रहार भएको थियो। पेट, टाउको सबैतिर काटिएको थियो। घटनास्थलको अवस्था बीभत्स थियो। प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाउँदै जाँदा मेसेन्जरका केही स्क्रिनसटहरु समेत राखिएको १० पन्ने सुसाइड नोट फेला पर्‍यो।

सुसाइड नोट दिनेश पाण्डेको थियो। सुसाइड नोटमा उनले श्रीमतीको अर्कैसँग सम्बन्ध भएको शङ्का भएको, वैदेशिक रोजगारीमा ११ वर्ष बसेर कमाएको सम्पत्ति श्रीमती र उनको माइती मिलेर हडप्ने प्रयास गरेको, श्रीमतीले माइतीसँग मिलेर पटक-पटक प्रहरी कार्यालयमा लगेर थुनाएको जस्ता विवरण उल्लेख थियो।

बच्चा बच्चीको पनि शरीरका विभिन्न भागमा छुरी प्रहार गरिएको छ। श्रीमतीको हत्याको कारण त देखियो। तर ती कलिला नाबालिगको हत्या चैँ किन ।प्रहरी स्रोतका अनुसार उनले सुसाइड नोटमा त्यसको कारण खुलाउँदै लेखेका छन्’ बच्चा बच्चीको औधी माया लाग्छ। मैले बच्चा बच्चीलाई मायाले गर्दा सँगै लिएर जान यो कठोर कदम चाल्नु परेको हो।’

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीका अनुसार प्रहरीले चारै जनाको शव सङ्कलन गरेर पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा पूर्याएको छ। हत्या हो या आत्महत्या या घटना घट्नुको थप अन्य केही कारण पोस्टमार्टमले खुलाउन सक्छ।

तर केही आधारमा आधारमा प्रहरी श्रीमान्-श्रीमतीविचको मनमुटाब समाधान हुन नसक्दा दिनेशले श्रीमती र दुई सन्तानको हत्या गरेर पछि आफैँले आत्महत्या गरेको प्रारम्भिक निष्कर्षमा पुगेको देखिन्छ।

‘घटना यही हो भनेर अहिले नै निष्कर्ष निकाल्न सकिने आधार छैन। पोस्टमार्टम रिपोर्ट र अनुसन्धान प्रक्रिया अगाडि बढेपछि मात्र यही कारण घटना भएको हो भन्न सकिन्छ,’ एसपी मैनालीले भने’ तर प्रारम्भमा जे जति देखिएको छ त्यसले हत्यापछि आत्महत्या गरेको हुनसक्ने सम्भावना बढी छ।

यो घटना परिवारको चारै जनाको अन्य कसैले हत्या गरेको नभई परिवारभित्रकै सदस्यले हत्यापछि आत्महत्या गरेको हुनसक्ने सम्भावना बलियो हुनुको कारण के-के हुन् ? उकेराले घटनास्थलमा पुगेका र यसको अनुसन्धान र अनुसन्धानको संयोजनमा संलग्न केही प्रहरी अधिकारीहरूसँग कुरा गर्दा उनीहरूले तीन कारण देखाए।

१- घर भित्रैबाट बन्द हुनु
दिनेशको छोरी सधैँ बिहान विद्यालय जान घरबाट निस्किन्थिन्। विद्यालयको बस आइसक्दा पनि उनी सोमबार नआएपछि नै यो घटना खुलेको हो। उनका साथीको परिवार बोलाउन घरमा पुग्दा कोही नबोलेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।

लगत्तै प्रहरी वृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो। साढे ९ बजेतिर प्रहरी टोली घरमा पुग्दा घरको गेटभित्रबाट बन्द थियो। घरको झ्याल अनि ढोकाहरू सबै भित्रबाटै चुकुल लगाइएको थियो भने ढोका समेत भित्रैबाट लक गरिएको थियो।

प्रहरी टोलीले ढोका फोडेर घरभित्र प्रवेश गरेको थियो। घरभित्रको दृश्य बीभत्स थियो नै। मुचुल्का टोलीसँगै फरेन्सिक टोली समेत घटनास्थलमा पुगेका थिए।प्रहरीले घरको सबै अवस्थाको अवलोकन गर्दा भित्रबाट चुकुल लगाएको र बाहिरबाट अन्य व्यक्ति घरभित्र प्रवेश गर्ने अन्य बाटो नदेखेपछि जे घटना भयो त्यो घरभित्रकै चार जनामध्येबाट भएको प्रारम्भिक निष्कर्षमा प्रहरी टोली पुगेको देखिन्छ।

२०७९ श्रावण १७, मंगलवार प्रकाशित 1 Minute 562 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार