
काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको श’व फेला परेको छ।तारकेश्वर नगरपालिका- २ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्-श्रीमती र दुई छोराछोरीको श&व फेला परेको काठमाडौं उपत्यका अ’पराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ढोका फोडेका थिए। उनीहरूको कसरी मृ’त्यु भएको हो भन्नेबारे खुलिसकेको छैन।प्रहरीका विभिन्न टोली अहिले घ’टनास्थलमा खटिएका छन्।
तारकेश्वर- २ का वडा सचिव केशवराज पाण्डेका अनुसार गोरखाबाट आएका उनीहरू एक तले घर बनाएर बसेका थिए।स्कुल जाने छोराछोरी बिहान १० बज्दासम्म स्कुल जान नआएपछि छिमेकीले साढे १० बजेतिर ढोका फोडेर हेरेका थिए।(फाइल तस्बिर)
यो पनि / पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ।
कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट पुनः सुरु भएर हालसम्म ५ हजार ५५६ श्रमिक कोरिया प्रवेश गरेका छन् । यो सङ्ख्या गत वर्ष ३८७ रहेको थियो भने अघिल्लो वर्ष अर्थात् सन् २०२० मा १ हजार २७ थियो।
वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०७४/०७९ को प्रगति प्रतिवेदन सार्वजनिक गर्दै नेपाली श्रमिकको आकर्षक रोजगार गन्तव्य कोरिया पुनः लयमा फर्केको जनाएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले ईपीएस अन्तर्गत जाने श्रमिकका लागि थप कोटा निर्धारण गरेको जनाउँदै आगामी वर्ष अझ धेरै युवाले कोरियामा रोजगारी पाउने बताए।
‘हाल उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रका लागि कोरियाका रोजगारदाताले १० हजारको हाराहारीमा नेपालबाट श्रमिक लैजान भाषा परीक्षा भइरहेको छ,’ महानिर्देशक पौडेलले भने, कोरोना संक्रमणपछि कोरियामा श्रमिक अभाव भए पनि अन्य देशको तुलनामा नेपालबाट धेरै श्रमिक लैजाने तयारी भएको हो।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।