२०७९ श्रावण ३१ मंगलवार
  • काठमाडौँ

पसिना बगाएर कमाएको ८ लाख रुपैयाँ बैंकबाट हरायो…

सुनसरी कोशी गाउँपालिकाका महेशप्रसाद भिन्डवार आइतबार बिहानै काठमाडौं आइपुगे।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****उनी काठमाडौं आउनबित्तिकै कोटेश्वरको डेरामा सामान राखेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उनी ग्लोबल आइएमई बैंकमा रहेको पैसा चोरी भएको भन्दै त्यहाँ पुगेका थिए। उनी प्रहरी कार्यालय पुगेको यो पहिलो दिन भने होइन। एक वर्षदेखि त्यहाँ धाइरहेका छन्।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

उनको बैंक खाताबाट हराएको पैसा अझै फेला परेको छैन। न त बैंकले त्यो पैसा फिर्ता गर्छु भनेको छ।भिन्डवार सन् २०१० अप्रिलमा काम गर्न मलेसियामा गएका थिए।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

पटक-पटक नेपाल आउजाउ गरिरहन्थे। परदेशमा पसिना बगाएर कमाएको पैसा जम्मा गर्न उनले बैंक खाता पनि खोले।उनले सन् २०१६ अप्रिल १४ मा पानीपोखरीस्थित ग्लोबल आइएमई बैंकमा खाता खोलेका थिए।त्यसयता आफूले कमाएको पैसा र घरपरिवार र अरू रकम त्यही खातामा राख्दै आएका थिए।उनको खातामा ८ लाख रुपैयाँ जम्मा भइसकेको थियो। सन् २०२० को मार्चमा उनी नेपाल फर्किए।बैंकमा भएको पैसा चाहिएपछि

जतिबेला पनि निकाल्न मिल्छ भन्नेमा उनी ढुक्क थिए। केही महिनापछि सुनसरीको इनरूवास्थित ग्लोबल आइएमईको शाखामा गएर उनले दुई लाख रुपैयाँ निकाल्न खोजे। पैसा निकाले मोटरसाइकल किन्न लागेका छिमेकीलाई सापट दिने उनको योजना थियो। उनी चेक काटेर बैंकको काउन्टरमा पुगे।

कर्मचारीले ‘यो खातामा भएको पैसा त पहिला नै निकालिसकेको छ’ भनेपछि उनी छाँगाबाट खसेजस्तो भए।बैंकका कर्मचारीले उनको खातामा भएको पैसा हेरे। उनको खातामा पैसा देखिएन।१० वर्ष मलेसियामा हाडछाला घोटेर उनले बैंकमा ८ लाख २६ हजार जम्मा गरेका थिए। त्योमध्ये ७ लाख त झिकिइसकेको रहेछ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

यो सब कसरी भयो उनले मेसो पाउन सकेनन्। आफ्नो खाताबाट पैसा चोरी भएको के-कसरी हो भन्दै उनले बैंकलाई निवेदन लेखे। स्टेटमेन्ट हेर्दा थाहा भयो उनको खाताको सबै पैसा मोबाइल बैंकिङबाट कारोबार भएको रहेछ।

भिन्डवारले मोबाइल बैंकिङ नचलाएको बताए। बैंकले भने उक्त खातामा मोबाइल बैंकिङ एक्टिभेट गर्न भरेको फारम देखायो।उक्त फारममा अक्षरहरू फरक-फरक भएको र त्यसमा लेखिएका अक्षर आफ्नो नभएको भिन्डवारले बताए। आफूले बैंक खाता खोल्दा दिएकै नागरिकताको फोटोकपीलाई काटेर अर्को कपी बनाएको पनि उनको दाबी छ।

‘खाता खोल्दा दिएको नागरिकतालाई नै काटेर मोबाइल बैंकिङको खाता खोल्न प्रयोग भएको छ। मैले दिएको नागरिकतामा भएका दागहरू र मोबाइल बैंकिङको लागि राखेका दागहरू एउटै छन्। तर मैले दिएको फोटोकपीको छेउमा हस्ताक्षर छ,’ उनले भने,‘मोबाइल बैंकिङको लागि प्रयोग हुँदा त्यही नागरिकताको फोटोकपीको हस्ताक्षर भएको पट्टी काटिएको छ।’

उनको खाताबाट सन् २०२० अक्टोबर १८ मा पहिलो पटक रकम निकालेको स्टेटमेन्टमा देखिन्छ।सुरूमा फोन नम्बरमा टपअप गरेको देखिन्छ भने पछि हजारौं रुपैयाँ गरी पटक-पटक रकम निकालेको देखिन्छ।सुरूमा फोन नम्बरमा टपअप गरेको देखिन्छ भने पछि हजारौं रुपैयाँ गरी पटक-पटक रकम निकालेको देखिन्छ।

‘म चेक लिएर जाँदा त मेरो खातामा पैसा नै छैन रहेछ। विदेशमा पसिना बगाएर कमाएर जम्मा गरेको पैसा मैले चलाउनै नपाई सकिसक्यो,’ भिन्डवारले भने,‘मैले जिन्दगीमा मोबाइल बैंकिङ भन्ने प्रयोग नै गरेको छैन। अहिलेसम्म त्यस्तो बाटो टेकेकै छुइनँ।’उनले इटहरी शाखाबाट पानीपोखरीस्थित कार्यालयमा निवेदन पठाए। आफ्नो खातामा भएको रकम मोबाइल बैंकबाट चोरी भएको र अनुसन्‍धान गरी सबै रकम फिर्ता पाउँ भन्ने उनको माग थियो।

एकातिर उनले चोरिएको रकम फिर्ता माग्दै बैंकमा निवेदन दिएका थिए अर्कातिर उनको खाताको पैसा धमाधम चोरी भइरहेको थियो। बाँकी रहेको अरू पैसा पनि खाताबाट निकालियो।एनसेलको जुन मोबाइल नम्बरबाट मोबाइल बैंकिङमा कारोबार भइरहेको थियो, त्यो नम्बर कुनैबेला भिन्डवारले नै चलाउँथे। उनी विदेश गए तीन महिनापछि मिति सकिएर उक्त नम्‍बर ब्लक भयो। फेरि उनकै नागरिकता प्रयोग गरेर त्यही नम्बर अर्को पटक निकालिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

२०७९ श्रावण १६, सोमबार प्रकाशित 1 Minute 680 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार