२०७९ भाद्र ३ शुक्रबार
  • काठमाडौँ

काठमाडौंबासीहरुलाई घरबाहिर नै निस्कन मुस्किल हुने संकेत, भदौं १ पछि हुनेभयो ठूलो तनाव !

काठमाडौं । काठमाडौँ उपत्यकाबासीहरुका लागि दुःखद खबर छ । फोहोर काठमाडौं उपत्यकाको मुख्य समस्याको रुपमा रहेको छ । अहिले राजधानीका केही ठाउँमा मुख छोपेर हिड्नुपर्ने अवस्था छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अब यहाँको फोहोर भदौ १ गतेदेखि ठप्प हुनेभएपछि घरबाहिर नै निस्कन मुस्किल हुनेभयो भन्दै टिप्पणी हुन थालेको छ । राजधानी समेत रहेको काठमाडौँ उपत्यका झन दुर्गन्धित बन्ने भएको हो ।

फोहोर डम्पिङ गर्ने गरिएको नुवाकोटको सिसडोल, बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले भदौ १ गतेपछि फोहोर फाल्न नदिने घोषणा गरेका छन्बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आज राजधानीमा पत्रकार सम्मेलन गरेर फोहोर फाल्न नदिने बताएका हुन् ।

उनीहरुले आगामी भदौ १ गतेबाट उपत्यकाको फोहोर सधैँका लागि फाल्न नदिने घोषणा गरेपछि राजधानीको फोहोर व्यवस्थापन थप पेचिलो बनेको होसरकार र काठमाडौँ महानगरपालिकासँग पटक पटक गरिएको सहमति कार्यान्वयन नभएको भन्दै सरोकार समितिले सँधैका लागि फोहोर फाल्न रोक लगाउने बताएको हो ।

महानगरले जथाभावी फोहोर फाल्दा स्थानीय बासिन्दा समस्यामा परेको सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले गुनासो गरे । उनले यो विषयमा यसअघि नै प्रधानमन्त्री कार्यालय र शहरी विकास मन्त्रालयलाई समेत जानकारी गराइसकेको बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

२०७९ श्रावण १३, शुक्रबार प्रकाशित 0 Minutes 637 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार