२०७९ श्रावण २७ शुक्रबार
  • काठमाडौँ

दुनियाका लोग्ने स्वास्नीको काण्ड मिलाउँदै आएका सन्तोष आँफै रुँदै गरेको अवस्थामा फेला परे

दुनियाका लोग्ने स्वास्नीको काण्ड मिलाउँदै आएका सन्तोष आँफै रुँदै गरेको अवस्थामा फेला परे ।

वास्तविमा यो दृश्य पत्रकार देउजाको वास्तविक जीवनको नभई उनले अभिनय गरेको पछिल्लो गीतको भिडियोको हो । जसमा उनले पत्निलाई समेत भिडियोमा देखाएका छन् ।चर्चित सञ्चारकर्मी सन्तोष देउजा र उहाकी श्रीमती अनुष्का देउजाको अभिनयको अभिनय रहेको गीत ‘अलमल माया’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा शब्द देउजाको नै रहेको छ भने प्रदीप त्रिपाठीले संगीत दिएका हुन्। पछिल्लो समयकी व्यस्त र चर्चित गायिका शान्तिश्री परियार र कृष्ण केसीले गीतमा स्वर दिएका छन् ।

भिडियोमा श्रीमान र श्रीमतीबिचको सम्बन्धमा आउने उतारचढावलाई चित्रण गरिएको छ । विवाह जस्तो जिन्दगीको महत्वपुर्ण पाटोलाई खेँलाचीको रुपमा लिने प्रवृतिमाथि भिडियोले प्रहार गरेको छ । सम्बन्धमा आउने ससाना असमझदारीहरुले जिन्दगीमा ठूलो प्रभाव पार्न सक्ने भन्दै समाजलाई सचेत बनाउने र एकअर्काप्रतिको बिश्वास बढाउने अभिप्रायले भिडियो बजारमा ल्याएको गीतका लेखक तथा कलाकार देउजाले बताए ।

गीतको भिडियोलाई सन्तोष देउजाले नै निर्देशन गरेका छन् । भिडियोलाई विष्णु परियारले छायाकंनले छायांकन तथा सम्पादन गरेका हुन् ।गीतको भिडियोलाई चितवनको नारायणी किनार, बटुली पोखरी र सन्तोष देउजाको घरमा नै छायांकन गरिएको हो।

‘द डिभाईन म्युजिक’ नामक च्यानलमार्फत सोमवार सार्वजनिक भएको गीतको भिडियोमा छोटो समयमै दर्शकहरुले सकारात्मक प्रतिक्रिया पनि दिइरहेका छन् ।

२०७९ श्रावण १३, शुक्रबार प्रकाशित 0 Minutes 894 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार