
काठमाडौं ।
विदेशमा छुट्टी मनाउन गएका २२ वर्षीय धनी युवकको टाउको हेलिकप्टरको पखेटाले काटि`एको छ । युवकको टाउको शरीर बाट काटिएर अलग भयो र उनको मृ`त्यु भयो। ती युवक सोही हेलिकप्टरमा सवार रहेको र पखेटा बन्द हुनु अघि नै तल ओर्लिएर सेल्फी लिन थालेको बताइएको छ ।
मिररका अनुसार ज्याक फेन्टन नामका यी युवक बेलायतको एक कुलीन परिवारका थिए । उनी आफ्ना तीन साथीसँग हेलिकप्टरमार्फत माइकोनोसबाट ग्रीसको राजधानी एथेन्स नजिकैको निजी हेलिप्याड पुगेका थिए । यहाँ बेल ४०७ हेलिकप्टरको इन्जिन रोकिनुअघि नै उनी तल ओर्लिए ।
`
सेल्फी खिच्दै उनी हेलिकप्टरको पछाडि पुगे जहाँ पुच्छरको पंखाले उनको टाउको काटिदियो ।दुर्घ`टना लगत्तै आपतकालीन सेवाहरू बोलाइएको थियो तर फ्यानको तीव्र गतिका कारण ज्याकको तुरुन्तै मृ`त्यु भयो। अहिले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
यस अवस्थामा, पाइलटले इन्जिन र फ्यान बन्द हुनु अघि यात्रुलाई तल ओर्लन भनेको भए उनीविरुद्ध हत्याको मुद्दा दायर गर्न सकिन्छ। एथेन्समा आधारित ओपन टिभीले दुर्घटनाको समयमा ज्याक फोनमा कुरा गरिरहेको वा सेल्फी लिइरहेको हुनसक्ने बताएको छ।
ज्याकका आमाबाबु अर्को हेलिकप्टरमा माइकोनोसबाट एथेन्स पुग्दै थिए। उनीहरु सबै बिदा सकेर यहाँबाट बेलायत फर्कदै थिए ।ज्याकका बुबा मिगुएल द हप फार्मका मार्केटिङ, सेल्स र पीआरका प्रमुख हुन्। चार सय एकडमा फैलिएको यो फार्म निकै चर्चित छ ।
ज्याकको मृ`त्युको अनुसन्धानमा उनी हेलिकप्टरबाट किन ओर्लिए भन्नेमा केन्द्रित हुनेछ। यदि पाइलटले बटन थिचेर फ्यान बन्द गरेनन् भने, इन्जिन बन्द भएको करिब २ मिनेट पछि हेलिकप्टरको फ्यान रोकिन्छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।