२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

सरकारले ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन,आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने

काठमाडौं : सरकारले भदौ १ गतेबाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने भएको छ।वन तथा वातावरण मन्त्रालय,वातावरण विभागले एक सूचना जारी गर्दै भदौ १ गतेबाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने बताएको हो।

अनुगमनमा सरकारको निर्णय विपरित ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रायोग, उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने बिभागले जनाएको छ।

विभागले भनेको छ,वातावरणमा यति संवेदनशिल प्रभाव रहेको प्लाष्टिकका झोला प्रतिवन्धको नेपाल सरकारको निर्णयको प्रभावकारी कार्यान्वयन गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८/१०/१७ को निर्णयबाट प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना, २०७८ स्वीकृत भई कार्यान्वयनमा रहेको छ।,

यस कार्यको विभागबाट विगतमा अनुगमन सुरु गरिएकोमा कोभिड–१९ को प्रकोपका कारण केही समय अनुगमनमा केही खुकुलो भएको सन्दर्भमा पछिल्ला दिनहरुमा ४० माईक्रोनभन्दा कम पातला प्लाष्टिकको झोला उत्पादन तथा उपयोगमा वृद्धि भएको छ।

२०७९ श्रावण १०, मंगलवार प्रकाशित 0 Minutes 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार