२०७९ श्रावण २९ आईतवार
  • काठमाडौँ

गुट्खा चपाएर थुक्न कही छोडेनन् : विमानको झ्यालको हालत यस्तो देखेपछि संसारभर बेइजत

काठमाडौं । भारतमा धेरै मानिसहरु गुट्खा चपाउन मन पराउँछन् ।गुट्खा चपाएर मनपरी थुक्ने बानी एकदम धेरै सामान्य हुने गरेको छ । भारतीयहरु खुल्ला ठाउँमा थुक्ने र चर्पी गरेका कारण वर्षौंदेखि जरिवाना तिर्दै आएका छन् ।

सडक होस्, रेलवे प्लेटफर्म होस्, रेलको डब्बा होस्, भवन होस्, पान–गुटखा खाएर थुक्ने कुरालाई भारतीयहरु रोक्न सक्दैँनन् । कतिपय मानिस यति निर्लज्ज हुन्छन् कि संरक्षित ऐतिहासिक भवनलाई समेत थुकेर फोहोर बनाउँछन् ।

नेपालमा पनि गुट्खा खाएर मनपरी थुक्नेहरुको संख्या उस्तै रहेको छ । तपाईंले बस, कार, सडक आदिमा धेरै पटक थुकेको निशान देख्नु भएको होला । एक रिपोर्टका अनुसार भारतीय रेलवेले पान, गुटखा, सुर्तिजन्य थुकको ट्रेस सफा गर्न वार्षिक भारु १२०० करोड रुपैयाँभन्दा बढी खर्च गर्छ । यसबीच भारतीयहरु एक कदम अगाडि पुगेका छन् ।

एक व्यक्तिले विमानको झ्यालमै थुकेका हुन् । यो लाजमर्दो तस्विर ट्विटरमा शेयर गरिएको छ । आईएएस अवनीश सरनले यो तस्विर सार्वजनिक गरेका हुन् ।

तस्विरलाई धेरैले मन पराएका छन् भने रोचक प्रतिक्रिया पनि आएका छन् । विमलको विज्ञापन गर्ने कलाकारलाई कतिपयले निशाना बनाएका छन् । आईएएस सरनले तस्विरको क्याप्सनमा लेखेका छन्, ‘कसैले आफ्नो पहिचान छोडेको छ ।’

२०७९ जेष्ठ १३, शुक्रबार प्रकाशित 0 Minutes 578 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार